काठमाडौं – कोरोना भाइरस ९कोभिड–१९० बाट गम्भीर विरामी परेका कांग्रेस केन्द्रीय सदस्य, सांसद एवं दलित संघका अध्यक्ष मीन विश्वकर्मा अस्पतालबाट डिस्चार्ज भएका छन् । विश्वकर्मालाई १ कात्तिकमा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी ८ दिनसम्म होम आइसोलेसनमा बसेका थिए ।
तर, कोरोनाले श्वासप्रश्वासमा समस्या भएपछि उनी ९ कात्तिकमा वीर अस्पतालमा भर्ना भए । तीन दिन वीरमा उपचार गराएपछि विश्वकर्मालाई थप उपचारका लागि ग्रान्डी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई श्वासप्रश्वासमा समस्या र निमोनिया भएको थियो ।
१५ कात्तिकदेखि एक हप्तासम्म भेन्टिलेटरमा राखेर निकालेपछि विश्वकर्माको अवस्था सुधारोन्मुख हुँदै गएको थियो । स्वास्थ्यमा सुधार आएपछि आइतबार उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो । डिस्चार्ज भए पनि विश्वकर्मालाई केही मात्रामा अक्सिजन दिइरहनुपर्नेछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।