काठमाडौं – नुवाकोट जिल्लामा कोभिड–१९ संक्रमणको भयंकर बढी फैलिने मानिएको ‘डेल्टा प्लस भेरियन्ट’ पुष्टि भएको छ ।
त्रिशूली जिल्ला अस्पतालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पीसीआर प्रयोगशालाबाट पोजेटिभ देखिएका ४ स्वाबको नमूना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमार्फत अन्तर्राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्न पठाएकोमध्ये १ नमूनामा ‘डेल्टा प्लस भेरियन्ट’ फेला परेको जनाएको छ ।
अस्पतालका मेडिकल प्रमुख डा. दीपेन्द्र पाण्डेले डेल्टा प्लस भेरियन्ट पहिलेका भेरियन्टभन्दा ६०–१०० प्रतिशत बढी संक्रामक रहेको जानकारी दिँदै सजग रहन अनुरोध गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले १ हप्ताको लागि निषेधाज्ञा थप गरेको निर्णय समेत गरेको छ ।
सरकारले निषेधाज्ञा खुकुलो पारिरहँदा नेपालका विभिन्न क्षेत्रमा बढी संक्रामक भेरियन्ट फेला पर्न थालेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।