काठमाडौं – राजधानी काठमाडौंको ठमेलमा अवैध हर्कतमा संलग्न ५ चिनियाँलाई प्रहरीले रङ्गेहात पक्राउ गरेको छ ।
ठमेलको होटलबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा ५ चिनियाँ नागरिकलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी वृत्त लैनचौरको टोलीले चिनियाँ नागरिक हे सिआओलङले सञ्चालन गरेको सिआओ सियाङ होटलबाट चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाइएको छ ।
बुधवार राति करीब १० बजे प्रहरी टोली ठमेलको जेपी मोडस्थित होटलमा पुगेको र जुवा खेलिरहेका सञ्चालक सहितलाई पक्राउ गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक (डीएसपी) दुर्गाप्रसाद दाहालले जानकारी दिए ।
पक्राउ पर्नेमा हे सिआओलङ, पी च्वाङछी, हु वाङबिन, हे फुयु र लि सिआओ टङ रहेका उनले बताए ।
आरोपीको साथबाट १ लाख २३ हजार रुपैयाँ नगद, जुवातास खेल्न प्रयोग हुने विद्युतीय टेबुल, तास, प्लास्टिकको गोटी लगायत बरामद गरिएको डीएसपी दाहालले जानकारी दिए । आरोपीलाई जुवा ऐन अन्तर्गत कारबाही थालिएको प्रहरीले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।