आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कांग्रेस नेता एनपी साउदले गरे जनताको मन छुने घोषणा ! 'आरक्षपीडितको समस्या समाधान गर्न प्रतिबद्ध छु'

कांग्रेस नेता एनपी साउदले गरे जनताको मन छुने घोषणा ! 'आरक्षपीडितको समस्या समाधान गर्न प्रतिबद्ध छु'

  • मिडिया डबली
  • मंगलवार, श्रावण १९ २०७८

  • 6.8K
    SHARES

  • कांग्रेस नेता एनपी साउदले गरे जनताको मन छुने घोषणा ! 'आरक्षपीडितको समस्या समाधान गर्न प्रतिबद्ध छु'

    कञ्चनपुर – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले आरक्षपीडितका समस्या समाधानका लागि प्रधानमन्त्री शेरबहादुर देउवासँग कुरा गर्ने बताएका छन् ।

    कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मंगलबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता साउँदले लामो समयदेखि क्यान्सजस्तै बनेको आरक्षपीडितका समस्याका समाधानका लागि आफ्नो ध्यानाकर्षण भएको उल्लेख गर्दै प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका हुन् । 

    उनले आरक्षपीडिका समस्या समाधानका लागि आफू प्रतिबद्ध भएकोले तत्काल यो समस्या समाधान गरिने बताएका छन् ।  उनले भने, हामीले गछौं भनेर पहिले पनि भनेका छौं । भोलि पनि हामीले नै गर्नुपर्ने हो । तर, एमालेको बहकाइमा हामीले आउनु पर्ने छैन । साढे तीन वर्षसम्म झिँगा नमार्नेहरुले अब आरक्षको समस्या समाधान गर्ला ? केन्द्रमा सरकार बदलिसकेपछि विभिन्न प्रलोभनहरु देखाएर बहकाउने काम गरिरहेका छन् । त्यस्ता हल्लाको पछि नलाग्नु होला । 

    उनले कसैले १० कठ्ठा दिने र कसैले ६० लाख रुपैयाँ दिने प्रलोभन देखाएको भन्ने सुनेको उल्लेख गर्दै त्यस्ता भ्रमको भण्डाफोर गर्न पनि नेता साउँदले कार्यकर्तालाई निर्देशन दिएका छन् । 

    उनले भने, साढे तीन वर्षसम्म गर्छु भनेर बोलेको कुरा नगरेपछि अहिले जाउँजाउँ भन्ने बेला जस लिनका लागि भ्रम फैलाइरहेका छन् । यो कुरा हास्यास्पद छ, झुटा छ भन्ने कुरालाई हाम्रो पार्टी साथीहरुले गाउँ गाउँसम्म लैजानुपर्छ । 

    एमालेले नागरिकहरुलाई विभिन्न अपेक्षा देखाएर आरक्षपीडितहरुलाई धोका दिएको आरोपसमेत लगाएका छन् । उनले भने, उनले (एमालेले) आरक्षपीडितका समस्या समाधान गछौं भनेर जनतालाई धोका दिएका छन् । जनतालाई झुट बोलेका छन् । साढे तीन वर्षभन्दा बढी सरकार चलाउँदा केही गर्न नसक्ने । आरक्षपीडितहरुलाई कसरी व्यवस्थित गर्नुपर्ने हो, त्यसको लागि हामी व्यवस्था गछौं । 

    गुटबन्दीमा नलाग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिएका छन् । उनले भने, 'गुटगत राजनीतिले पार्टीलाई अगाडि बढाउँदैन । पार्टीका लागि योगदान गरेका र अगाडि जानुपर्ने साथीहरुलाई अगाडि बढाएर, अर्को साथीलाई अर्कोपटक व्यवस्थापन गर्नुपर्ने गरि सल्लाह गरेर अघि बढ्न आग्रह गर्दछु । सबैलाई समेटेर र कार्यकर्तालाई परिचालन गरेर अघि बढ्नु पर्दछ ।'

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend