काठमाडौं – रोल्पाको रुन्टिगढी गाउँपालिकामा कोरोना भाइरस संक्रमित किशोरीलाई बलात्कारको प्रयास गर्ने १ इन्जिनीयरलाई प्रहरीले पक्राउ गरेको छ ।
गाउँपालिकाको होलेरीमा २० वर्षीया कोरोना पोजेटिभ किशोरीलाई जबरजस्ती गरेको आरोपमा ३६ वर्षीय इन्जिनीयर शेषमणि पौडेल पक्राउ गरिएको हो ।
गाउँपालिका कार्यालयमा कार्यरत इन्जिनीयर पौडेल पीडित किशोरीको लिखित जाहेरीका आधारमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायब उपरीक्षक (डीएसपी) नवराज सुवेदीले बताएका छन् ।
‘सार्वजनिक धारामा नुहाउँदै गरेको अवस्थामा संवेदनशील अंगमा सुम्सुम्याउँदै जबरजस्ती करणी गर्न खोजेको भन्ने पीडित किशोरीले दिएको जाहेरीमा उल्लेख छ,’ डीएसपी सुवेदीले भने ।
गाउँपालिकामा सार्वजनिक जवाफदेही पद धारण गरेका व्यक्तिले किशोरीमाथि त्यस्तो हर्कत गर्नु अत्यन्तै जघन्य अपराध भएकाले प्रहरीले संंवेदनशील भई कानुन बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ ।
पक्राउपछि ईलाका प्रहरी कार्यालय होलेरीको हिरासतमा रहेका पौडेललाई जबरजस्ती करणी उद्योग अन्तर्गत मुद्दा चलाएर थप अनुसन्धान थालिएको डीएसपी सुवेदीले बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।