काठमाडौं – चर्चित गायक रामकृष्ण ढकालले कोरोना भाइरस संक्रमणको महामारीसँग लड्न नेपालमा करीब १८ लाख रुपैयाँ सहयोग गरेका छन् ।
विभिन्न व्यक्तिबाट संकलन गरिएको लाखौं रुपैयाँ गायक ढकालले महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेका हुन् ।
सांगीतिक कार्यक्रममा सहभागी हुन अमेरिका पुुगेका गायक ढकाल कोरोना महामारीले अमेरिकामै रोकिनुपरेको बेला उनले सहयोग रकम जुटाएका छन् ।
अमेरिकामा संकलन गरिएको पहिलो चरणको १५ हजार २८८ अमेरिकी डलर अर्थात् करीब १८ लाख नेपाली रुपैयाँ महावीर पुनको राष्ट्रिय अविष्कार केन्द्रको नाममा रहेको हिमालय बैंकको खाता नम्बर ०१९०६३२२०६००१७ मा वायरमार्फत जम्मा गरिएको गायक ढकालले जानकारी दिए ।
कोरोना संक्रमणबाट नेपाल र आमनागरिक पीडित भएका बेला सहयोग गर्ने उद्देश्यका साथ सामाजिक सञ्जालमार्फत अमेरिका रहेका नेपालीमा सहयोगका लागि आह्वान गर्दा संकलन भएको रकम आविष्कार केन्द्रलाई प्रदान गरिएको उनले बताए । गायक ढकालले व्यक्तिगत रूपमा ५०० अमेरिकी डलर सहयोग गरेको जनाएका छन् ।
गायक ढकालले सहयोग गर्नेहरूको नाम फेसबुकमा सार्वजनिक गरेका छन् । ढकालले अरुबाट पनि सहयोगको आश्वासन प्राप्त भएको जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।