काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी फैलिरहेका बेला स्वास्थ्य मन्त्रालयले नयाँ भेरियन्टको कोरोना पुष्टि भएको जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले मंगलबार अपिल जारी गर्दै प्राप्त भएको ३४ वटा नमूना (३७ प्रतिशत) मा नयाँ भेरियन्ट बी.१.६१७.२ र ३ प्रतिशतमा बी.१.६१७.१ पुष्टि भएको बताएका छन् ।
हालसम्म नेपालमा ३ किसिमका भेरियन्ट पुष्टि भएका स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
विश्व स्वास्थ्य संगठनले २०२१ मे १० मा नयाँ भेरियन्टलाई विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको छ । हाल पत्ता लागेको नयाँ भाइरस सबै उमेर समूहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
मन्त्रालयले नयाँ भेरियन्टको खतरनाक संक्रमण रोक्न सबै सचेत बन्दै जनस्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध समेत गरेको छ ।
देशका विभिन्न भागबाट गत हप्ता कोभिड–१९ संक्रमितहरूका ३५ नमूनालाई विश्व स्वास्थ्य संगठनको समन्वयमा जिन स्क्विन्सिङ गरिएको थियो । त्यसमा नयाँ भेरियन्ट फेला परेको मन्त्रालयले जनाएको छ ।
यस्तो छ मन्त्रालयको अपिल –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।