बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

ओली सरकारले बरु आर्यघाटमा शव जलाउने घाट थप्यो तर कमिसनकै लागि खोप ल्याएन

ओली सरकारले बरु आर्यघाटमा शव जलाउने घाट थप्यो तर कमिसनकै लागि खोप ल्याएन

  • मिडिया डबली
  • सोमवार, बैशाख २७ २०७८

  • 5.4K
    SHARES

  • ओली सरकारले बरु आर्यघाटमा शव जलाउने घाट थप्यो तर कमिसनकै लागि खोप ल्याएन

    काठमाडौं - यतिबेला देशभर कोरोना संक्रमितको दर तीव्र ढंगले फैलिरहेको छ । मृत्युदर त अहिलेसम्मकै उच्च देखिएको छ ।

    अस्पताल सबै भरिएका छन् । कहीँकतै अब नयाँ संक्रमितले बेड पाउने अवस्था छैन । अक्सिजन सकिएर अस्पतालले नयाँ विरामी भर्ना नलिने बताइसकेका छन् । गंगालाल अस्पतालले त आजदेखि मुटुको अप्रेसन पनि रोकेको छ, कारण अक्सिजन नभएर । 

    अस्पतालमा बेड नपाएर, एम्बुलेन्सले लैजान नमानेर अहिले घरघरमा कोरोना संक्रमितको मृत्यु हुन थालेको छ । कतिपय जिल्लामा त दुई तीन बितिसक्दा पनि शव उठ्न नसकेको समाचार आउन थालेका छन् । तर, कम्युनिस्ट सरकार भने कुर्सीको तमासा देखाउन व्यस्त छ । जबदेखि नेपालमा कोरोना संक्रमण सुरु भयो, तबदेखि केपी ओली सत्ताको म्युजिकल चेयरमा रमाइरहेका छन् ।

    अहिलेसम्म २३ लाख बढीले नेपालमा कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । त्यसमध्ये साढे तीन लाखले मात्र दोस्रो डोज खोप लगाएका छन् । १९ लाखले पहिलो डोज मात्र लगाएका छन् । अब उनीहरूलाई दोस्रो डोज दिने खोप बाँकी छ कि छैन सरकारले जानकारी गराएको छैन ।

    बरु ५० लाख खोप ल्याउने भने पनि कमिसनकै कारण त्यो रोकिएको छ । १० लाख खोप त भुक्तानी गरिसकेर पनि ओली निकटकै व्यापारी सुरज वैद्य र विजय दुगडले कमिसन नपाएपछि सिरम इन्स्टिच्युटले रोकेको छ ।

    पशुपतिको आर्यघाटमा चौरमै शव जलाउन थालिएको छ । सरकारले आर्यघाटमा कोरोना संक्रमित भएर मृत्यु हुनेको शव जलाउन घाट थप्यो, तर कोरोनाविरुद्धको खोप कमिसनकै कारण खरिद गर्न सकेन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend