बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

एकैपल्ट नेपालका १४ सांसदमा कोरोना पुष्टि, कर्मचारी र सुरक्षाकर्मी गरी ६५ जनाको रिपोर्ट पोजेटिभ

एकैपल्ट नेपालका १४ सांसदमा कोरोना पुष्टि, कर्मचारी र सुरक्षाकर्मी गरी ६५ जनाको रिपोर्ट पोजेटिभ

  • मिडिया डबली
  • शुक्रवार, बैशाख २४ २०७८

  • 6.0K
    SHARES

  • एकैपल्ट नेपालका १४ सांसदमा कोरोना पुष्टि, कर्मचारी र सुरक्षाकर्मी गरी ६५ जनाको रिपोर्ट पोजेटिभ

    काठमाडौं – नेपालको प्रतिनिधि सभाका १४ जना सांसदमा एकैपल्ट कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन विशेष अधिवेशनको तयारीका लागि गरिएको जाँचमा सांसद, कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना पुष्टि भएको हो ।

    संसद् भवन नयाँ बानेश्वरमा बैशाख २२ र २३ गते भएको परीक्षणमा सहभागीमध्ये १० प्रतिशत व्यक्तिहरूमा कोरोना संक्रमण देखिएको सचिवालयले जनाएको छ ।

    बुधबार र बिहीबार परीक्षण गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा ६५ जनालाई कोरोना संक्रमण देखिएको छ । १४ जना सांसद, केही कर्मचारी, मर्यादापालक र संसदीय मामिलाको रिपोर्टिङ गरिरहेका केही पत्रकारमा कोरोना पुष्टि भएको संसद् सचिवालय स्रोतले जनाएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटासहित उनका सचिवालयका कसैलाई पनि संक्रमण नदेखिएको जनाइएको छ । प्रधानमन्त्री ओलीले विश्वासको मत लिने प्रयोजनका लागि प्रतिनिधि सभाको बैठक बैशाख २७ गते बस्ने तय भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend