बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

आन्तरिक र बाह्य हवाइ उडान बन्द गर्ने यस्तो सरकारी निर्णय

आन्तरिक र बाह्य हवाइ उडान बन्द गर्ने यस्तो सरकारी निर्णय

  • मिडिया डबली
  • शनिवार, बैशाख १८ २०७८

  • 7.0K
    SHARES

  • आन्तरिक र बाह्य हवाइ उडान बन्द गर्ने यस्तो सरकारी निर्णय

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी तीब्ररूपमा बढेपछि आन्तरिक र बाह्य हवाइ उडान बन्द गर्ने निष्कर्षमा सरकार पुगेको छ ।

    सरकारले गठन गरेको कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना भाइरसबाट अतिप्रभावित १० देशबाट नेपालसँग हुने सिधा अन्तर्राष्ट्रिय हवाइ उडानमा रोक लगाउन मन्त्रिपरिषद् कार्यालयलाई सिफारिस गरेको छ ।

    मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि सीसीएमसीको सिफारिस कार्यान्वयन हुनेछ । सीसीएमसीको हिजो शुक्रवार साँझ बसेको बैठकले मुलुकभित्र कोरोना भाइरसको संक्रमण भयावहरूपमा फैलिएको निष्कर्ष निकाल्दै आन्तरिक उडान पनि बन्द गर्न सिफारिस गरेको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भानुभक्त ढकालले कोरोनाबाट अतिप्रभावित मुलुकहरू भारत, अमेरिका, बेलायत लगायतका १० देशबाट हुने उद्गमस्थलको उडानलाई रोक लगाउन सीसीएमसीबाट सिफारिस गरिएको छ । मन्त्री ढकालले ट्रान्जिट हुँदै आउने विमानमा नियम लागू नहुने बताएका छन् ।

    ‘आन्तरिक उडान समेत बन्द गरौं भन्ने प्रस्ताव भएको छ । परिस्थिति भयावह भएको निष्कर्ष रह्यो,’ मन्त्री ढकालले भनेका छन् ।

    बैठकले भारतसँगका २२ सीमा नाका बन्द गर्न समेत मन्त्रिपरिषद् कार्यालयमा सिफारिस गरेको जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend