काठमाडौं – कोरोना भाइरस संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार मृत्यु हुनेको कूल संख्या ३ हजार २४६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप झण्डै ५ हजार व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बिहीबार थप ४ हजार ९२८ जनामा कोरोना पुष्टि भएको हो ।
कूल १३ हजार ५६० जनाको परीक्षण गर्दा आरटी–पीसीआरबाट ४ हजार ८३१ र एन्टिजेनबाट ९७ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यससँगै हालसम्म कूल संक्रमितको संख्या ३ लाख १७ हजार ५३० पुगेको छ । जसमध्ये २ लाख ८० हजार १६७ संक्रमित निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा थप ८८८ संक्रमित निको भएका छन् ।
बिहीवार देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ११७ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा पछिल्ला केही दिनयता कोरोना संक्रमण भयावह रूपमा बढिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।