बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

सांसदलाई कोरोना संक्रमण भए गण्डकी प्रदेशसभा बैठक के होला ?

सांसदलाई कोरोना संक्रमण भए गण्डकी प्रदेशसभा बैठक के होला ?

  • मिडिया डबली
  • बुधवार, बैशाख १५ २०७८

  • 4.2K
    SHARES

  • सांसदलाई कोरोना संक्रमण भए गण्डकी प्रदेशसभा बैठक के होला ?

    काठमाडौं - गण्डकी प्रदेश सभाको बैठक आज पनि बस्ने भएको छ । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध पेस भएको अविश्वासको प्रस्तावमा आज केही सांसदले आफ्नो धारणा राख्ने र मुख्यमन्त्रीले जवाफ दिने कार्यसूची छ । त्यसपछि प्रस्तावमा मतदान हुने छ ।

    तर सत्तारुढ एमालेका सांसदहरूले मंगलबार पिसिआर परीक्षण गरेर मात्रै बैठक सुरु गर्न माग राखेर अवरुद्ध गरेपछि हिजै सबैको स्वाब लिइएको छ ।

    आज दिउँसोसम्ममा रिपोर्ट आउने बताइएको छ । यदि सांसदहरूलाई कोरोना भए पनि बैठक भने जारी रहने सहमति भएको छ । जसले गर्दा आजै मुख्यमन्त्री गुरुङको पद जाने कि जोगिने भन्ने टुंगो लाग्ने छ ।

    स्रोतका अनुसार हिजो स्वाब दिने सांसदमध्ये चारजनामा कोरोना संक्रमण देखिएको छ । तर, त्यसको आधिकारिकता अझै पुष्टि हुन सकेको छैन ।

    कुन पार्टीका सांसदलाई संक्रमण देखिएको हो भन्ने खुलेको छैन । यदि सांसदहरूलाई कोरोना संक्रमण भए पनि मतदान गर्न पाउने, बोल्न नपाउने सहमति भएकाले बैठक जारी नै रहने बुझिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend