काठमाडौं – नेपालमा कोरोना भाइरस संक्रमणको महामारी भयावह हुँदै गएको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ५२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या पछिल्लो पटकको सबैभन्दा बढी हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार कूल १५ हजार ६८१ जनामा परीक्षण गर्दा आरटी–पीसीआरबाट ४ हजार ३६४ र एन्टिजेनबाट १६० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
नेपालमा हालसम्म देखिएका कूल संक्रमितको संख्या ३ लाख ७ हजार ९२५ पुगेको छ । कूल संक्रमितमध्ये २ लाख ७८ हजार ५०६ जना निको भइसकेका मन्त्रालयले जनाएको छ ।
मंगलबार देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २२५ रहेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना संक्रमणले मंगलबार थप १८ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाले मृत्यु हुने कूल संख्या ३ हजार १९४ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।