बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कोरोना भएर शिक्षकहरू अस्पताल भर्ना, विद्यार्थीबाट घरघरमा संक्रमण हुने भयावह खतरा

कोरोना भएर शिक्षकहरू अस्पताल भर्ना, विद्यार्थीबाट घरघरमा संक्रमण हुने भयावह खतरा

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 6.6K
    SHARES

  • कोरोना भएर शिक्षकहरू अस्पताल भर्ना, विद्यार्थीबाट घरघरमा संक्रमण हुने भयावह खतरा

    काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आईतबार कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहर नेपाल भित्रिनसक्ने जनाउँदै शैक्षिक संस्था कोरोना संकटको केन्द्र बन्ने सम्भावना रहेको जनाएको छ ।

    मन्त्रालयको आईतबारको मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले कोरोना जोखिमबाट बच्न अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्न समेत अनुरोध गरेका छन् ।

    केही दिनयता नेपालमा कोरोना संक्रमितको संख्या बिस्तारै उकालो लागेको बताउँदै गौतमले स्वास्थ्य मापदण्डमा कडाइ नगरे कोरोना जोखिम भयावह हुने सम्भावना रहेको बताएका छन् । डा. .गौतमका अनुसार अहिले कोरोना संक्रमित भई टेकु अस्पतालमा भर्ना हुनेमा अधिकांश कलेजमा पठाउने शिक्षक, होटलमा काम गर्ने कर्मचारीहरू र तराईबाट प्रेषण गरी पठाइएका बिरामी रहेका छन् । सावधानी नअपनाए संक्रमित शिक्षकहरूबाट विद्यार्थी हुँदै घरघरमा कोरोना संक्रमण पुग्ने खतरा रहेको जनाइएको छ ।
     
    धेरै शैक्षिक संस्थामा अनिवार्य मास्क लगाउने, हात धुने र सामाजिक दूरी कायम गर्ने नियम बनाए पनि त्यसको कार्यान्वयन पक्ष फितलो हुँदा समस्या थप बल्झिँदै गएको गौतमले बताएका छन् । मन्त्रालयका प्रवक्ता समेत रहेका डा. गौतमले कतिय शैक्षिक संस्थामा हात धुन साबुन र पानीको व्यवस्था नभएको गुनासा आउने गरेको बताउँदै सरसफाइ सामग्रीको समयमै व्यवस्थापन गर्न सम्बन्धित निकायलाई आग्रह समेत गरेका छन् ।

    ‘स्वस्थ छात्राछात्र, शिक्षक विना शैक्षिक संस्था सञ्चालन गरी शैक्षिक क्रियाकलाप गर्न असम्भव भएकाले सबै शैक्षिक संस्थामा हात धुनका लागि उचित व्यवस्थापन गर्न, अनिवार्य मास्कको प्रयोग गर्न र दूरी कायम गर्न शैक्षिक क्रियाकलाप गराइ शैक्षिक संस्थाहरूले कोरोना जोखिममुक्त क्षेत्र बनाउन स्वास्थ्य मन्त्रालयको आग्रह छ,’ उनले भने ।

    पछिल्लो २४ घण्टामा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ हजार १०१ स्वाब परीक्षण गर्दा ८९ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

    पछिल्लो २४ घण्टामा ९५ जना डिस्चार्ज भएका जनाइएको छ । यससँगै कोरोनाबाट निको हुनेको संख्या २ लाख ७६ लाख ८३९ पुगेको जनाइएको छ । निको हुनेको संख्या ९८.४ प्रतिशत रहेको छ ।

    भारतमा नयाँ भेरियन्टसहित नयाँ लहर देखापरेकाले नेपालमा समेत संक्रमण पुष्टि हुनेको संख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना उच्च रहेको जनाइएको छ । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७१०:०९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend