नवलपरासी - बुटवल-नारायणगढ सडक निर्माणका चिनियाँ ठेकेदार र मजदुर पक्षबीच कार्यालय हातामा कुटाकुट भएको छ।
उक्त घटनामा परी ६ जना घाइते भएका छन् । बुटवल-नारायणगढ सडक खण्डअन्तर्गत रजहरमा रहेको चिनियाँ साइड अफिसमा बुधबार अपराह्न उनीहरु बीच कुटाकुट भएको हो। नेपाली मजदुरहरुले चिनियाँ पक्षले आज वार्तामा बोलाएर एक्कासी कुटपिट गरेको आरोप लगाएका छन् ।
त्यहाँ जिल्ला प्रहरीबाट खटिएका सुरक्षाकर्मीले स्थिति नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरीका एसपी प्रकाश मल्लले दुबै पक्षबीच हात हालाहाल भएको भन्ने जानकारीका आधारमा प्रहरी घटना साम्य भएको र ६ जना घाइते भेटिएकोले उनीहरुलाई उद्धार गरेर अस्पताल पुर्याइएको जानकारी दिए ।
बुटवल-नारायणगढ सडक आयोजनाअन्तर्गत दाउन्ने गैंडाकोट खण्डका इन्जिनियर तथा सूचना अधिकारी कृष्ण आचार्यले माटो र डिजल चोरीको अभियोग लगाएर १३ जनाको तबल रोक्का गरेर छानबिन थालेको चिनियाँ ठेकेदार पक्षले जानकारी गराएको सुनाए ।
उनका अनुसार नेपाली पक्षले चिनियाँले आरोप लगाएको र आफूहरुले नचोरेको दाबी गरेका छन् । १७ अर्बको लागतमा दुई वर्षअघि चिनियाँ कम्पनीले काम जिम्मा लिएको थियो ।
बुटवल-नारायणगढ सडक फराकिलो पार्ने कामको जिम्मा लिएको चाइना स्टेट इन्जिनियरिंग कर्पोरेसन लिमिटेड (सिएससीइसी)को हेल्चेक्र्याइँका कारण कामले तीव्रता पाएको छैन ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।