काठमाडौं – कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको जनाउँदै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले यसपालिको फागु पर्व (होली) नखेल्न आदेश जारी गरेको छ ।
कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी (सीडीओ) रामकुमार महतोले मंगलबार जारी गरेको आदेशको १ नम्बर बुँदामा उल्लेख छ, ‘निकट रहेको होली लगायत कुनै पनि मेला, पर्व, महोत्सव, जात्रा आदिमा भीडभाड गर्न, मानिसहरू भेला जुलुस गर्न नपाइने ।’
गृह मन्त्रालयको चैत ८ गतेको पत्रका आधारमा जारी गरिएको आदेश मंगलबार राति १२ बजेदेखि अर्काे व्यवस्था नभएसम्मका लागि लागू हुने आदेशमा उल्लेख छ ।
कञ्चनपुर जिल्लामा गड्डाचौकी र गौरीफण्टा नाकाबाट मात्रै नेपाल–भारत आवतजावत गर्न पाइने र स्वास्थ्य जाँच अनिवार्य गर्नुपर्ने आदेशमा उल्लेख गरिएको छ ।
पढ्नुहोस् आदेशको पूर्णपाठ–

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।