सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

निर्मला हत्याकाण्डको अनुसन्धान नयाँ मोडमा ! हेडक्वार्टरमा बोलाइए एसपी डिल्लीराज विष्ट

निर्मला हत्याकाण्डको अनुसन्धान नयाँ मोडमा ! हेडक्वार्टरमा बोलाइए एसपी डिल्लीराज विष्ट

  • मिडिया डबली
  • सोमवार, फाल्गुण १७ २०७७

  • 5.6K
    SHARES

  • निर्मला हत्याकाण्डको अनुसन्धान नयाँ मोडमा ! हेडक्वार्टरमा बोलाइए एसपी डिल्लीराज विष्ट

    काठमाडौं – बलात्कारपछि निर्मम हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तको अनुुसन्धान नयाँ मोडमा पुगेको छ ।

    प्रहरीले प्राथमिकतामा साथ हेरिरहेको र बहुचर्चित निर्मला हत्याकाण्डको अनुसन्धानमा खटिएका प्रहरी अधिकृतहरूकै राय बाझिएपछि प्रहरी हेडक्वार्टर नै आन्तरिक छलफलमा जुटेको छ ।

    निर्मला हत्याकाण्डमा फरक–फरक समयमा अनुसन्धानमा खटिएका प्रहरी अधिकृतको मत नै आपसमा बाझिएको प्रहरी स्रोतले जनाएको छ । मत बाझिएपछि प्रहरी प्रधान कार्यालयले हालसम्म अनुसन्धानमा खटिएका सबै अधिकृतहरूसँग छलफल गरिरहेको छ ।

    निर्मलाको हत्या हुँदा कञ्चनपुरको प्रहरी प्रमुख रहेका, पदमुक्त भएर पुनर्बहाली भएका एसपी दिल्लीराज विष्टसँग हेडक्वार्टरमा छलफल भएको छ । त्यसपछि अनुसन्धानमा खटिएका अन्य प्रहरी अधिकृतलाई समेत हेडक्वार्टरमा बोलाएर लगातार छलफल भइरहेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

    प्रहरीको एक टोलीले घटनामा दिलिप विष्टकै संलग्नता रहेको दाबी गर्दै आए पनि अनुसन्धानमा खटिएका धेरैजसो प्रहरी अधिकारीले दिलिप नै बलात्कार र हत्यामा संलग्न भएको दाबी गर्ने आधार नभएको राय हेडक्वार्टरमा दिएका छन् । ठोस प्रमाण विना कसैलाई पनि अभियोग लगाउन नसकिने प्रहरी अधिकारीहरूको राय छ ।

    लामो समयसम्म अल्झिएको निर्मला हत्याकाण्ड अनुसन्धाका लागि प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको निर्देशनमा निरज शाही र विश्वराज पोखरेलले सबै अधिकारीहरूसँग आन्तरिक छलफल गरिरहेका छन् ।

    निर्मला हत्याकाण्डको अनुसन्धानमा हालसम्म १६ भन्दा बढी प्रहरी अधिकृत कञ्चनपुरमा खटिएका छन् । निर्मलाको बलात्कारपछि हत्या भएको साढे २ वर्ष बितिसक्दा पनि प्रहरीले अभियुक्त पत्ता लगाउन नसक्दा जनस्तरमा आलोचना हुने गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १० २०७८०९:१४:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend