काठमाडौँ- निर्मला पन्तको न्यायको मागका लागि फेरि अभियान सुरु भएको छ । समाजिक सञ्जालमा निर्मलाको तस्बीरसहितको फोटो राखेर कमेन्ट गर्दै ‘डिजिटल आन्दोलन’ अभियान सुरु भएको हो ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्तलाई न्याय दिन माग गर्दै फेसबुकलगायतका सामाजिक सञ्जालमा प्रधानमन्त्री केपी शर्मा ओली लगायतका देशका विभिन्न नेताको प्रोफाइल फोटोमा कमेन्ट गरिरहेका छन् ।
त्यसबाहेक विभिन्न मिडियाका प्रोफाइल फोटोहरुमा समेत प्रयोगकर्ताहरुले कमेन्ट गरिरहेका छन् ।
सामाजिक सञ्जालका प्रयोगकर्ताले शनिबार साँझदेखि प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका फेसबुकको तस्बिरमा निर्मलालाई न्याय दिन माग गर्दै कमेन्ट गर्ने अभियान नै चलाएका हुन्।
करिब २ वर्ष अघि कञ्चनपुरमा बलात्कार पछी हत्या भएको पन्तको हालसम्म हत्यारा पत्ता लाग्न सकेको छैन। शीर्ष नेताहरुको तस्बिरमा अधिकांशले निर्मला पन्तको न्यायको माग गरिरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।