सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

निर्मला हत्याकाण्डको पर्दाफास हुँदै, महानिरीक्षक थापाले दिए यस्तो जानकारी

निर्मला हत्याकाण्डको पर्दाफास हुँदै, महानिरीक्षक थापाले दिए यस्तो जानकारी

  • मिडिया डबली
  • बुधवार, आश्विन १४ २०७७

  • 5.5K
    SHARES

  • निर्मला हत्याकाण्डको पर्दाफास हुँदै, महानिरीक्षक थापाले दिए यस्तो जानकारी

    काठमाडौं- निर्मला पन्तको बलात्कार र हत्याको विषयमा नेपाली प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले छिट्टै निश्कर्षमा पुग्ने गरी काम भइरहेको जानकारी दिएका छन् ।

    संसदका राज्य व्यवस्था समितिमा भएको छलफलमा घटनाको अनुसन्धान गर्नका लागि प्रहरी प्रधान कार्यालयबाट नै अधिकृत पठाइएको उनले बताएका छन् ।

    उनले पन्तको घटनापछि प्रहरीको छबिमा नै धब्बा लागेको भन्दै उनले घटना पार लगाउन नसके सदाका लागि त्यो धब्बा हुनेमा प्रहरी सचेत रहेको  उनले बताएका छन् ।

    ‘निर्मला पन्तको केसमा औपचारिक र अनौपचारिक रूपमा अनुसन्धान भइरहेको छ । प्रधान कार्यालयबाट नै हामीले अनुसन्धानका लागि अधिकृत पठाएका छौँ । घटनाको अहिले रिभ्यू गरिरहेको अवस्थामा छौँ । तयो केसमा यातना दिएको भनेर प्रहरीलाई सामान्य जिल्ला अदालतबाट यातना नदिएको भनेर सफाइ दिएको अवस्था छ, 'त्यो सफाइले अलिकति तत्कालीन अवस्थामा हामीले गरेको अनुसन्धानमा त्यो कुरा होइन भन्ने कुरा अदालतले स्वीकार गरेको भएर विगतको कुरा सही थियो भन्ने भयो ।' उनले भने ।


    उनले पछिल्लो समय बालिकामाथि हुने यौन दुर्व्यवहारका घटना बढिरहेको बताए । बझाङमा सम्झनाको बलात्कार तथा हत्या आरोपमा पक्राउ परेका राजेन्द्र बोहराले आफ्नो अपराध स्वीकार गरेको पनि उनले बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १० २०७८०९:१४:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend