सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

निर्मला पन्तका हत्यारा खोज्न प्रधानमन्त्री देउवाको यस्तो ‘एक्सन’, गृहमन्त्रीलाई निर्देशन

निर्मला पन्तका हत्यारा खोज्न प्रधानमन्त्री देउवाको यस्तो ‘एक्सन’, गृहमन्त्रीलाई निर्देशन

  • मिडिया डबली
  • आइतवार, श्रावण १० २०७८

  • 6.3K
    SHARES

  • निर्मला पन्तका हत्यारा खोज्न प्रधानमन्त्री देउवाको यस्तो ‘एक्सन’, गृहमन्त्रीलाई निर्देशन

    काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सक्रियता देखाएका छन् ।

    बालिका पन्तको बलात्कारपछि हत्या भएको ३ वर्ष पूरा भएको दिन आज आईतवार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँण र नेपाल प्रहरीका प्रमुखलाई बालुवाटारमा बोलाएर ब्रिफिङ लिएका छन् ।

    प्रधानमन्त्री देउवाले चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन दिएका छन् ।

    देउवाले ट्विटरमा लेखेका छन्, ‘निर्मला पन्तको हत्या भएको ३ वर्ष पुगेको दिन आज मैले गृहमन्त्री र प्रहरी प्रमुखलाई बोलाएर अहिलेसम्म भएको अनुसन्धानबारे जानकारी लिएको छु । चाँडोभन्दा चाँडो दोषी पत्ता लगाएर कारबाही गर्न निर्देशन पनि दिएको छु ।’

    बहुचर्चित निर्मला हत्याकाण्ड अनुसन्धान लामो समयदेखि अनिर्णित रहेको छ । देशभर आन्दोलन हुँदा समेत दोषी पत्ता लाग्न सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आषाढ २१ २०७७०६:५१:४५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend