सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी सेवामा फर्काइँदै, यसरी भयाे सेटलमेन्ट

निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी सेवामा फर्काइँदै, यसरी भयाे सेटलमेन्ट

  • मिडिया डबली
  • मंगलवार, आश्विन १३ २०७७

  • 5.1K
    SHARES

  • निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी सेवामा फर्काइँदै,  यसरी भयाे सेटलमेन्ट

    काठमाडौं- निर्मला हत्या प्रकरणमा निलम्बित प्रहरी अधिकारीलगायतलाई काममा फर्काउने तयारी भएको छ । प्रहरी नियमावलीमा प्रहरी अधिकारीलाई लागेको मुद्दाको अन्तिम किनारा नलागेसम्म जागिरमा पुनर्वहाली हुन नपाउने व्यवस्था थियो ।

    तर  बिहीबार बसेको मन्त्रिपरिषद बैठकले को आठौं संशोधन स्वीकृत गरेको छ जसमा संशोधन गर्दा अन्तिम किनारा भन्ने शब्द हटाइएको छ । योसँगै प्रहरी प्रधान कार्यालयलाई निर्मला प्रकरणमा निलम्बित प्रहरी अधिकारीलाई काममा फर्काउने बाटो खुलेको हो ।

    गृह मन्त्रालयले ३१ भदौ २०७५ मा केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का तत्कालीन डीएसपी अंगुर जिसी, जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरका डीएसपी ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षक एकेन्द्र खड्का, प्रहरी सहायक निरीक्षक (सई) रामसिंह धामीलाई निलम्बन गरेको थियो ।

    तत्कालीन ‘सिन अफ क्राइम सोको’ अफिसर प्रहरी नायब निरीक्षक (असई) हरसिंह धामी र प्रहरी जवान चाँदनी साउद पनि निलम्बनमा परेका थिए । उनीहरुमध्ये डीएसपी सेटी, इन्स्पेक्टर खड्का र असई धामीले ३० वर्षे सेवा अवधिका कारण अवकाश पाइसकेका छन् ।

    अब डीएसपी जिसी, सई धामी र जवान साउदको निलम्बन फुकुवा गर्ने तयारी भइरहेको हो । अवकाश पाइसकेकाहरुले निलम्बित भएका वेलाको सेवा, सुविधाका लागि पनि अपिल गर्न पाउँने छन् ।

    बर्खास्त गरिएका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टको हकमा भने मन्त्रिपरिषदबाटै निर्णय भए प्रकृया अघि बढ्ने बताइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण १० २०७८०९:१४:०३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend