काठमाडौं- कञ्चनपुरकी बलात्कारपछि हत्या भएकी निर्मला पन्तलाई ‘न्याय माग्दै’ नेपाल प्रेस युनियनको वेब साइट ह्याक भएको छ। तर ह्याक गर्ने व्यक्ति भने भारतीय रहेको उल्लेख छ। इन्डियन साइबर ट्रुप्सको ह्यारी १३३७ द्वारा साइट ह्याक गरिएको जनाइएको छ।
नेपालप्रेसयुनियन डट ओआरजी डट एनपी लग अन गर्दा एउटा नोटिफिकेशन देखिने र साइटमा कुनै गतिविधि गर्न खोज्न ह्याकरको नोटिस देखिने बनाइएको छ .
ह्याकरको लोगोमा सत्यमेव जयते लेखिएको छ। साथै निर्मला पन्तको फोटो राखेर ‘जस्टिस फर निर्मला पन्त’ भन्ने सन्देश प्रबाह गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।