काठमाडौं – कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा मुछिएर पदमुक्त गरिएका एसपी डिल्लीराज विष्टलाई कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले पुरस्कृत गरेको छ ।
संसद विघटनपछि बसेको बुधबारको मन्त्रिपरिषद् बैठकले एसपी विष्टलाई पुनर्बहाली गर्ने निर्णय गरेको छ ।
बालिका पन्तको बलात्कार र हत्याकाण्डको अनुसन्धानमा लापरवाही गरेको आरोप लगाउँदै गृह मन्त्रालयले विष्टलाई पदमुक्त गरेको थियो । निर्मलाका हत्यारा लामो समयसम्म पनि पत्ता लाग्न सकेका छैनन् ।
देशभर आन्दोलन भएर चौतर्फी आलोचना भएपनि सरकारले लापरवाही गरेका प्रहरी अधिकारीलाई एकपछि अर्काे गर्दै पुरस्कृत गरिरहेको छ ।
यसअघि पदमुक्त भएका एसपी विष्ट र प्रहरी निरीक्षक जगदिश भट्टले पुनर्बहालीको माग गर्दै मन्त्रिपरिषद् कार्यालयमा निवेदन दिएका थिए । गृह मन्त्रालयले एसपी विष्ट र प्रहरी निरीक्षक भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी हटाएको भएपनि मन्त्रिपरिषद्ले पुनर्बहाली गरेको छ ।
निर्मला प्रकरणमा सरकारले निर्दाेषलाई फसाउन खोजेको भन्दै चौतर्फी आलोचना भएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।