बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

चिनियाँ लगानीको आयोजनाविरुद्ध झापामा विशाल जनप्रदर्शन

चिनियाँ लगानीको आयोजनाविरुद्ध झापामा विशाल जनप्रदर्शन

  • मिडिया डबली
  • शुक्रवार, फाल्गुण ७ २०७७

  • 13.2K
    SHARES

  • चिनियाँ लगानीको आयोजनाविरुद्ध झापामा विशाल जनप्रदर्शन

    गौरादह - संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध संघीय लिम्बुवान मञ्च नेपालले आज प्रधानमन्त्री केपी शर्मा ओलीको निर्वाचन क्षेत्र गौरादहमा शक्तिप्रर्दशन गरेको छ ।

    गाउँ गाउँबाट सयौंको संख्यामा सर्वसाधारणहरुको ठूलो उपस्थितिमा मञ्चले गौरादहमा शक्ति प्रर्दशन गरेको हो ।प्रर्दशनमा सहभागि हुन झापा,मोरङ र सुनसरी जिल्लााबाट सर्वसाधारणहरु ओसारेका थिए ।

    शक्तिप्रर्दशन अघि पार्टी कार्यकर्ताहरुको वृहत उपस्थितिमा पार्टीले गौरादहमा रयाली निकालेको थियो । रयाली पछि आयोजित विरोध सभामा बोल्दैलाई मञ्चका केन्द्रीय अध्यक्ष कुमार लिङ्देन लगायतका केन्द्रीय नेतृत्वले मन्तब्य राखेका थिए ।

    प्रधानमन्त्री ओली यहि फागुन १६ गते दमकमा निर्माण हुन लागेको औद्योगिक पार्कको शिलान्यास गर्न आउने तय भएपछि मञ्चले पार्कलाई जग्गा दिएका जग्गाधनीहरुको मुआव्जाको विषयलाई लिएर प्रर्दशन निकालेको हो ।

    जिल्लाको गौरादह,कमल गाउँपालिका र दमक नगरपालिका जोडिएको हजारौँ विगाह जमिनमा बन्न लागेको क्लिन पार्कले पीडित बनाएपछि त्यहाँका विस्थापितहरुको पक्षमा लिम्बुवानले खुलेर प्रर्दशनसहित सभा गरेको हो ।

    लिम्बुवान र पहिचान तथा क्लिन पार्क सरोकार सभा लेखिएको व्यानरमा लिम्बुवान आन्दोलन जारी छ,पहिचानको आन्दोलन जारी छ,भ्रष्ट ओली मुर्दाबाद,हत्यारा सरकार मुर्दाबाद,क्लिन पार्कको बास्तबिक सार्वजनिक गर,क्लिन पार्क पीडितको आवाज सुनुवाई गर,उचित मुआब्जा वितरण गर जस्ता नारा लगाउँदै गौरादह बजार परिक्रमा गरेका थिए ।

    लिम्बुवान भोलेन्टियर केन्द्रीय कमाण्डका प्रवक्ता राजु राईको अध्यक्षतामा भएको सभाका मुख्य वक्ता पार्टी केन्द्रीय अध्यक्ष कुमार लिङ्देन ( मिराक ) थिए । सम्बोधनको क्रममा अध्यक्ष लिङ्देन ले वर्तमान सरकार भ्रष्ट,निरङ्कुश र राष्ट्रघाती भएकाले ओली सरकारलाई सङ्घीयबादीहरुले सडकमा ल्याएरै छाड्ने बताए ।

    सरकारले विकासको नाममा सर्वसाधारणको उठिबास लगाउन खोजेकोमा कडा आपत्ति जनाउदै उनले आफूहरु विकास विरोधी नभएको तर विकासको नाममा ओली ब्रान्डले सत्तेनास आरोप लगाए ।

    दमकमा बन्न लागेको औद्योगिक पार्क स्थापना गर्ने क्रममा त्यहाँका सयौ सर्वसाधारणहरु उठिवास हुन लागेको चर्चा गर्दे उनले यदि पार्क बन्ने हो त्यसवारे सत्यतथ्य सार्वजनिक गरिनु पर्ने वताए ।

    उनले क्लिन पार्क के हो? के के बन्छ? त्यो सबै लिम्बुवानी जनतालाई जानकारी हुनु पर्ने र सत्य तथ्य कुरा बाहिर ल्याएर मात्र काम शुरु गर्न आग्रह समेत गरे ।

    लिम्बुवान भुमिभित्र हुने हरेक विकास निर्माणमा लिम्बुवानलाई समावेस नगरी गरेमा त्यो सार्थक नहुने र लिम्बुवानलाई मान्य नहुने उनले चेतावनी दिए । सभामा पार्टीका झापा जिल्ला इन्चार्ज भानु भट्टराईले पनि क्लिन पार्क प्रधानमन्त्री ओलीको चुनावी नारा मात्र भएकोले त्यसको वास्तविकता सार्वजनिक गर्न माग गरे ।

    आफूहरु विकास विरोधी नभएको तर विकासको नाममा एकाधिकारको भण्डाफोर गर्ने बताउदै उनले दलित, जनजाति र सुकुम्बासी लाई आफूहरुले धोका नदिने बताए। सभामा दलित मुक्ति मञ्चका नेता बलराम ऋषिदेवले कडा रुपमा ओली सरकारको भण्डाफोर गर्दै विकासको नाममा दलित माथिको दमनको विरोध जनाए ।

    दमकमा बन्ने भनिएको दमक क्लिन पार्कको बहानामा दलित र आदिवासी तथा जनजातिलाई जबर्जस्ती आफनो जग्गाको मुआब्जा लिन बाध्य वनाएको लिम्बुवान का सारा दलित,जनजाति र आदिवासीहरुले अव प्रतिकार गर्ने चेतावनी दिए।

    सभामा दमक क्लिन पार्क संघर्ष समितिका संयोजक खगेन्द्र भट्टराईले क्लिन पार्कको बारेमा आफूहरुले प्रधानमन्त्री,झापा जिल्ला का सिडिओ, दमक मालपोत कार्यालय, दमक नापी, क्लिन पार्क व्यवस्थापन समितिको कार्यालय लगायत सबै राजनैतिक दललाई आफ्ना मागसहितको ज्ञापन पत्र बुझाएको तर लिम्बुवान बाहेक अरु कुनैपनि राजनैतिक दल र सरोकार निकायले सुनुवाई नगरेकाले लिम्बुवान पार्टीले मात्र आफ्ना  अधिकार रक्षामा आशा जागेको बताए।

    संयोजक भट्टराईले आफ्नो मागको सम्बोधन र सुनुवाई नभएमा थप आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend