काठमाडौं – भोलि बिहीवारदेखि चीनले उत्तरी सीमा नाका तातोपानीमा आवतजावत बन्द गरेको छ ।
तातोपानीमा रहेको मितेरी पुल पुनर्निर्माण गर्न भोलि बिहीबारदेखि २० दिनका लागि नाका बन्द गरिने जानकारी चिनियाँ पक्षले गराएको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
मंगलबार मात्रै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले चीनले विभिन्न बहाना झिकेर सामान ओसारपोसारमा अवरोध गरिरहेकोप्रति असन्तुष्टि व्यक्त गरेका थिए । मन्त्री भट्टको असन्तुष्टि सार्वजनिक भएको भोलिपल्ट चीनले नाका बन्द गर्ने जानकारी गराएको छ ।
बाढीले क्षति पुर्याएको पुल पुनर्निर्माणका लागि २१ जनवरीदेखि बढीमा २० दिन नाका बन्द रहनसक्ने जानकारी चिनियाँ पक्षबाट आएको तातोपानी भन्सार कार्यालयका प्रमुख लाबहादुर खत्रीले बताएका छन् ।
बाढीले क्षति पुर्याएको पुलको एक भागमा केही दिनअघिको बाढी थप क्षति गरेपछि चिनियाँ पक्षले मर्मत गर्न लागेको खत्रीले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।