काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) खोप खरिद गर्न सरकारले हालै एक सूचना प्रकाशित गर्दै दाताहरूलाई रकम दान गर्न आग्रह गरेको थियो ।
सरकारले फजुल खर्च गर्ने, समय अगावै चुनाव गर्न घोषणा गर्ने तर आधारभूत खोप खरिदका लागि रकम जोहो गर्न नसक्ने भनेर आलोचना भइरहँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अर्काे प्रेस विज्ञप्ति प्रकाशित गर्दै रकम दान गर्न पुनः आग्रह गरेको छ ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमद्वारा जारी विज्ञप्तिमा निःशुल्क कोरोना खोप उपलब्ध गराउन सरकारले कोसिस गरिरहेको र त्यसै अनुसार रकम दान गर्न आग्रह गरिएको दाबी गरिएको छ ।
सरकारले बैठक खाता नै दिएर सहयोग रकम दान गर्न आग्रह गरेको छ । मन्त्रालयको विज्ञप्ति अनुसार कतिपय दातृ निकायले सहयोग गर्ने इच्छा देखाएपछि सार्वजनिक सूचना जारी गरिएको हो ।
यस्तो छ मन्त्रालयको पछिल्लो विज्ञप्ति

यस्तो छ पुरानो सूचना –

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।