काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रवार ८ जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
विस्तारित मन्त्रिपरिषद्मा पूर्व माओवादी र एमाले तर्फबाट मिलाएर मन्त्री बनाउने तयारी बालुवाटारमा भइरहेको छ ।
पूर्व माओवादीबाट टोपबहादुर रायमाझी, प्रभू साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा मन्त्री बन्ने तय भएको स्रोतले जनाएको छ ।
पूर्व एमालेबाट प्रेम आले, विमला विक र गणेश ठगुन्ना मन्त्री हुन लागेका छन् । केही मन्त्रीको कार्यविभाजन भए पनि केहीको बाँकी रहेको जनाइएको छ ।
नवनियुक्त मन्त्रीहरूको आजै राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गर्नेछन् ।
नेकपा फुटेपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय ७ जना मन्त्रीले पदबाट राजीनामा दिएका थिए । त्यो रिक्त पदमा ओलीले नयाँ मन्त्री थप्न लागेका छन् ।
यस्तो छ नयाँ मन्त्रीको नामावली –
टोपबहादुर रायमाझी – मन्त्री ऊर्जा
प्रभू साह – मन्त्री श्रम
मणि थापा – मन्त्री पर्यटन
गौरीशंकर चौधरी – मन्त्री शिक्षा
दावा लामा – मन्त्री खानेपानी तथा सरसफाइ
विमला विक – मन्त्री
प्रेम आले – मन्त्री
गणेश ठगुन्ना – मन्त्री
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।