बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

चीनविरुद्ध नेपाली मुस्लिमहरु आन्दोलित

चीनविरुद्ध नेपाली मुस्लिमहरु आन्दोलित

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 4.4K
    SHARES

  • चीनविरुद्ध नेपाली मुस्लिमहरु आन्दोलित

    काठमाडौं - चीनले सिन्जियाङमा अल्पसंख्यम मुस्लिम उइगरहरुमाथि चरम दमन र शोषण गरिरहेको छ । जसको विरोधमा विश्वभरका मुस्लिम समुदायहरुले चीनको चर्को विरोध र आलोचना गरिरहेका छन् ।

    यही क्रममा चिनियाँ रक्षामन्त्री वेई फिङ्‌गेको एक दिने नेपाल भ्रमणका समयमा नेपाली मुस्लिमहरु आन्दोलित बनेका थिए । नेपाली मुस्लिमहरु आन्दोलित भएपछि चीन सशंकित बनेको छ ।

    चिनियाँ रक्षामन्त्री फिङ्‌गेले प्रधानमन्त्री केपी शर्मा ओलीलगायतसँग भेटघाटमा रहेको समयमा पोखरालगायतका क्षेत्रहरुमा भने मुस्लिमहरुले रक्षामन्त्रीको नेपाल भ्रमणको विरोध गर्दै चीनको आलोचनाका साथै नाराबाजी गरेका थिए ।

    उनीहरुले सिन्जियाङमा भइरहेको मुस्लिममाथिको नरसंहार रोक्‍न माग गरेका थिए । नेपालमा पनि सिन्जियाङमा चीनले गरेको मानवअधिकार उल्लंघनविरुद्ध लामो समयदेखि आन्दोलित भएका छन् ।

    चीनले हरेक वर्ष करिब १० लाख उइगरहरुलाई यातना शिविरमा राखेर बलात्कार गर्ने, जबरजस्ती श्रममा लगाउने, जबरजस्ती बाँझोपन गराउने, जबरजस्ती सुँगुरको मासु खुवाउने लगायतका गतिविधिहरु गरिरहेको छ ।

    चीनले सिन्जियाङमा उइगहरु निर्मुल पार्ने उद्देश्यलाई थप कडारुपमा अघि सारेको छ । चीनको यस्ता गतिविधिको विरोधमा पोखरामा ‘मुस्लिम कल्याणकारी समाज’ को नेतृत्वमा प्रदर्शनकारीहरूले प्रदर्शन गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend