काठमाडौं – कपिलवस्तुको कृष्णनगर बोर्डर पोष्टमा कार्यरत सशस्त्र प्रहरीका सहायक हवल्दार लिल बहादुर गुरुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।
गुरुङले घरायसी सामान ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग घुस लिएको भन्दै अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार गुरुङलाई ३५ हजार रुपैयाँसहित पक्राउ गरिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलाई सेवाग्राहीसँग अतिरिक्त रकम लिइसकेको अवस्थामा कृष्णनगर वडानम्बर २ गोलघरस्थित मिलन रेष्टुरेन्ट एण्ड गेष्ट हाउसबाट रंगेहात नियन्त्रणमा लिइएको अधिकारीले जानकारी दिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।