आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अख्तियार प्रमुखमा गणेशराज जोशीलाई नियुक्त गरिँदै, को हुन् जोशी? 

अख्तियार प्रमुखमा गणेशराज जोशीलाई नियुक्त गरिँदै, को हुन् जोशी? 

  • मिडिया डबली
  • बुधवार, भाद्र १० २०७७

  • 85.3K
    SHARES

  • अख्तियार प्रमुखमा गणेशराज जोशीलाई नियुक्त गरिँदै, को हुन् जोशी? 

    काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त डा. गणेशराज जोशीको भाग्य खुल्ने भएको छ । आयोगमै हाल आयुक्त रहेका जोशीलाई प्रमुख आयुक्त बनाउन सत्तारुढ नेकपाभित्र लगभग सहमति जुटेको छ ।

    आयोगका प्रमुख आयुक्त नवीन घिमिरेले २९ भदौबाट अवकाश पाउन लागेकाले नयाँ प्रमुख आयुक्त नियुक्तिको तयारी भइरहेको छ । गत साता प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छलफल गरेका थिए । केही नाम टुंग्याएर छिट्टै नियुक्तिको तयारी भइरहेको स्रोत बताउँछ ।

    पूर्व सचिव जोशी यसअघि तत्कालिन माओवादीको कोटामा आयोगमा नियुक्त भएका हुन् । प्रशासन सेवामा हुँदा कुनै दाग नलागेका उनी स्वच्छ छविका व्यक्ति हुन् । उनीले प्रमुख आयुक्तको जिम्मेवारी पाएमा उनले चैतसम्म कार्यभार सम्हाल्नेछन् । त्यसपछि कसलाई प्रमुख आयुक्त बनाउने भन्ने विषय अहिले नै टुंगाउन लागिएको छ । अहिले जो सिनियर आयुक्तमा नियुक्त हुन्छ, त्यही व्यक्ति त्यसपछि प्रमुख आयुक्तमा नियुक्त हुने सम्भावना छ ।

    त्यसका प्रमुख दाबेदार पूर्व गृहसचिव प्रेम कुमार राई हुन् । तर, राईलाई रोक्न नेकपाकै एक समूह सक्रियताका साथ लागेको छ । नेकपाकै कोटाबाट आयुक्त हुने व्यक्ति प्रमुख आयुक्त हुनेछ । केही पूर्व प्रहरी समेत नियुक्तिका लागि दौडधुपमा छन् । प्रमुख आयुक्तले समेत अवकाश पाउने भएपछि आयोगमा अब तीन पद रिक्त हुनेछन् । एक पद प्रमुख प्रतिपक्षीको कोटामा र दुई पद सत्तारुढ दलबाटै नियुक्त हुनेछ ।

    नेपाली कांग्रेसबाट हुने नियुक्तिको कोटामा भने पूर्व एआइजी जयबहादुर चन्द, पूर्व सहसचिव गणेश कार्की तथा पूर्व गुप्तचर प्रमुख दिलीप रेग्मीलगायत छन् ।

    पछिल्लो समय नेकपामा सरकारी नियुक्तिमा पार्टीभित्र छलफल गरेर मात्र निर्णय गर्ने सहमति भएको छ । जसअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले चाहेकै व्यक्तिलाई अब अख्तियार लगायत निकायमा नियुक्त गर्न नसक्ने अवस्था छ । यस्ता नियुक्तिहरु सचिवालय बैठकबाट निर्णय गराउन लागिएको छ । दृष्टि साप्ताहिकबाट

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०९:२२:५१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend