आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एक झोला पैसा लिएर काठमाडौँ आएका ईञ्जिनियर अख्तियारको फन्दामा

एक झोला पैसा लिएर काठमाडौँ आएका ईञ्जिनियर अख्तियारको फन्दामा

  • मिडिया डबली
  • सोमवार, श्रावण २६ २०७७

  • 10.9K
    SHARES

  • एक झोला पैसा लिएर काठमाडौँ आएका  ईञ्जिनियर  अख्तियारको फन्दामा

    काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्रोत नखुलेको रकमसहित ईञ्जिनियर सन्तोष साहलाई पक्राउ गरेको छ ।

    नेपाल खानेपानी संस्थान बुटवल, रूपन्देहीका कार्यालयका प्रमुख (सातौ तह) इन्जिनियर साहलाई अख्तियारको टोलीले बुधबार घुसको रकम र स्रोत नखुलेको करीव साढे दश लाख रकमसहित पक्राउ गरिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिएका छन् ।

    खानेपानी शाखा कार्यालयहरूको विभिन्न व्यक्तिहरूसंग घुसको रकम उठाई काठमाडौंतर्फ जाँदै गरेको भन्ने सूचनाका आधारमा अख्तियारको टोलीले इन्जिनियर साहलाई पक्राउ गरेको थियो ।

    संस्थानको लु १ ञ ९५ नं. को गाडीमा बुटवलबाट काठमाडौं आउँदै गर्दा जिल्ला धादिङ धुनिवेसी नगरपालिका वडा नं. ८ खानीखोलामा गाडी चेकजाँच गर्ने क्रममा साहसँग रहेको श्रोत नखुलेको नगद रकम दुई लाख तेत्तीस हजार पाँच सय र बैंकमा जम्मा गरेको बैंक भौचर आठ लाख बाइस हजार बराबरको रकमसहित नियन्त्रणमा लिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, मंसिर २० २०७७०९:२२:५१

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend