काठमाडौं–प्रमुख आयुक्त नवीन घिमिरेको अवकाशससँगै आयोगको नेतृत्व डा. गणेश जोशीले सम्हालेका छन् । बरिष्ठ आयुक्तका आधारमा उनले निमित्त प्रमुख आयुक्तको जिम्मेवारी पाएका हुन् । पूर्व सचिव जोशी निजामती सेवामा हुँदा कुनै विवादमा नपरेका सोझा र इमान्दार कर्मचारी हुन् ।
त्यतो त प्रमुख आयुक्तमै उनलाई नियुक्त गर्ने सम्भावना समेत रहेको स्रोत बताउँछ । आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त पद रिक्त भएका छन् । जसका लागि दर्जनौं बदनाम व्यक्तिहरु दौडधुपमा छन् । कतिपय त आर्थिक चलखेल समेत गरेर नियुक्ति खाने दाउमा छन् ।
प्रमुख आयुक्तका लागि भने जोशी र पूर्व सचिव प्रेम राई प्रमुख प्रतिस्पर्धामा छन् । दुवैलाई नेकपाकै नेताहरुको साथ छ । तर, सहमति हुनसकेको छैन । स्रोतका अनुसार अहिले जोशीलाई प्रमुख आयुक्त नियुक्त गर्ने र राईलाई आयुक्तमा नियुक्त गर्ने सहमति ओली–प्रचण्डबीच भएको छ । त्यसपछि चैतमा जोशी अवकाश भएपछि प्रमुख आयुक्तमा राईलाई लैजाने सहमति भएको छ ।
आयुक्त पदका लागि भने अस्वभाविक चलखेल देखिएको छ । जसमा पूर्व प्रहरी अधिकारीदेखि केही अधिवक्ताहरु समेत लागेका छन् । राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख दिलिप रेग्मी समेत कांग्रेस कोटाबाट नियुक्ति हुने दाउमा छन् । उनलाई गोपालमान श्रेष्ठदेखि पूर्णबहादुर खड्कासम्मको समर्थन भएको बुझिन्छ । तर देउवाले अहिलेसम्म रेग्मीको पक्षमा मुख नखोलेकोले रेग्मीको ठाउँमा जयबहादुर चन्दको नियुक्ति हुने सम्भावना पनि छ । चन्दका लागि देउवाले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनेसम्मका हर्कत गरेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।