बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

‘हावा क्रान्ति’ देखेर सत्ताधारी अरिङ्गालहरूलाई खगेन्द्र संग्रौलाको दह्रो दनक !

‘हावा क्रान्ति’ देखेर सत्ताधारी अरिङ्गालहरूलाई खगेन्द्र संग्रौलाको दह्रो दनक !

  • मिडिया डबली
  • सोमवार, मंसिर १५ २०७७

  • 4.4K
    SHARES

  • ‘हावा क्रान्ति’ देखेर सत्ताधारी अरिङ्गालहरूलाई खगेन्द्र संग्रौलाको दह्रो दनक !

    काठमाडौं – कोरोना भाइरस संक्रमणको महामारी फैलिएका बेला जनतालाई आधारभूत सेवा समेत दिन नसकेको कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमबार देशभर अस्पताल शिलान्यास गरेको छ ।

    कम्युनिस्ट पार्टीका मन्त्री, सांसदहरूलाई परिचालन गरेर तामझामका साथ अस्पताल शिलान्यास गरिँदा सत्ताधारी व्यक्तिहरूले त्यसको प्रशंसा गरिरहेका छन् । तर लेखक खगेन्द्र संग्रौलाले भने ओली सरकार र सत्ताधारी अरिङ्गालहरूमाथि व्यंग्य गरेका छन् ।

    उनले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘सत्ताधारी सांसद, मन्त्री, हनुमानजी, गणेशजी, धुपौरेजी, अरिङ्गालजीहरूको एकै बोली, एकै लोली – सात प्रदेशमा एकै पटक ३९६ अस्पताल शिलान्यास, स्वास्थ्य क्षेत्रमा क्रान्ति ! यो देशमा यस्ता कति प्रतिशत शिलान्यासे क्रान्ति हावा भा’छन् ? पहुँच हुने कसैले यो भजन मण्डलीलाई सोधिदिए हुन्थ्यो !’

    संग्रौलाले अस्पताल शिलान्यास गरेर कुनै स्वास्थ्य क्रान्ति नहुने संकेत गरेका छन् । यसअघि भएका शिलान्यास समेत अलपत्र परेका संकेत गर्दै उनले शिलान्यासले कुनै उपलब्धी नहुने जनाएका छन् । प्रधानमन्त्री ओलीले तामझामका साथ उद्घाटन गरेको पानीजहाज कार्यालयले काम गर्न नसक्दा ओलीको पानीजहाज सपना समेत अलपत्र परेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend