आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्वास्थ्यमन्त्री ढकालकाे काम : कोरोना संक्रमित बढ्ने भविष्यवाणी गरिरहने, काम सिन्को नभाँच्ने !

स्वास्थ्यमन्त्री ढकालकाे काम : कोरोना संक्रमित बढ्ने भविष्यवाणी गरिरहने, काम सिन्को नभाँच्ने !

  • मिडिया डबली
  • आइतवार, मंसिर ७ २०७७

  • 6.6K
    SHARES

  • स्वास्थ्यमन्त्री ढकालकाे काम : कोरोना संक्रमित बढ्ने भविष्यवाणी गरिरहने, काम सिन्को नभाँच्ने !

     काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अबको चार महिनामा करिब एक लाख ४८ हजारमा संक्रमण पुष्टि हुनसक्ने बताएका छन्। शनिबार कोभिड –१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरूको भूमिकाबारे काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले अबको चार महिनामा सो संख्यामा कोरोना संक्रमितको बृद्धि हुनसक्ने सरकारले अनुमान गरेको बताएका हुन्।

    सुरूमा सरकारले नेपालको कुल जनसंख्याको दुई प्रतिशतमा पिसिआर परीक्षण गर्ने नीति लिएको थियो। तर, संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताए।

    सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरूको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दाबी गरेका छन्। त्यस्तै, कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए।

    कुल सक्रिय संक्रमितहरूमध्ये ८० प्रतिशत होम आइसोलेसनमा बस्नुले नै नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने उनले बताए। सरकारले अस्पतालहरूमा अक्सिजन सहितका बेडहरूको व्यवस्थापन गर्ने, औषधीको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको समेत बताए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन १६ २०७७०६:११:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend