आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विदेशबाट आउनेको कोरोना परिक्षणबारे स्वास्थ्यमन्त्री ढकाले भने यस्तो

विदेशबाट आउनेको कोरोना परिक्षणबारे स्वास्थ्यमन्त्री ढकाले भने यस्तो

  • मिडिया डबली
  • शुक्रवार, श्रावण ९ २०७७

  • 7.1K
    SHARES

  • विदेशबाट आउनेको कोरोना परिक्षणबारे स्वास्थ्यमन्त्री ढकाले भने यस्तो

    काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललले विदेशबाट आउने सबैको कोरोना परीक्षण गरिने बताएका छन्। उनले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका सबैजसो काम विज्ञहरूको सल्लाह र सुझावमा भइरहेको भन्दै यसो बताएका हुन् ।

    मन्त्री ढकालले शुक्रबार मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफल गर्दै भारतबाट स्वदेश फर्किने नागरिकहरूको सीमामै र विमानस्थल हुँदै आउनेको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब संकलन गरेर कोरोना परीक्षणको भइरहेको बताएका छन् ।

    कार्यक्रमा उपस्थित नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवना कोइराला एवं संक्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए।

    मन्त्री ढकालले विज्ञहरूबाट समेत सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले होस्टेमा हैँसे गर्नुपर्ने बताए। उनले लकडाउन खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगादन गर्नुपर्ने बताए। मन्त्री ढकालले स्वास्थ्यसँग सम्बन्धित सूचना र जानकारी सबैले पाउनेगरी व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन १८ २०७७१२:०२:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend