आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

माहामारीका बेला स्वास्थ्य मन्त्रीले निरोगी नेपाल भन्दै दिए यस्ताे जानकारी

माहामारीका बेला स्वास्थ्य मन्त्रीले निरोगी नेपाल भन्दै दिए यस्ताे जानकारी

  • मिडिया डबली
  • शनिवार, आश्विन १० २०७७

  • 5.8K
    SHARES

  • माहामारीका बेला स्वास्थ्य मन्त्रीले निरोगी नेपाल भन्दै दिए यस्ताे जानकारी

    काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले वर्तमान सरकार देश र जनताको काममा केन्द्रीत रहेको बताएका छन् । 

    सोह्रौँ राष्ट्रिय क्यान्सर सतर्कता दिवस एवं बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २१ औँ वार्षिकोत्सव समारोहलाई भर्चुल माध्यमबाट सम्बोधन गर्दै उनले सरकार कुरामाभन्दा पनि काममा विश्वास गरेर अघि बढिरहेको दावी गरे ।

    उनले कोरोना भाइरसको विरूद्धमा मन, वचन र कर्मले काम गरिरहेका सम्पूर्णको कामप्रति उच्च सम्मान प्रकट गर्दै सरकार निरोगी नेपालको अभियान साकार पार्न केन्द्रीत रहेको बताए । 

    सरकारले नीति तथा कार्यक्रममार्फत नै सम्बोधन गरेर निरोगी नेपाल बनाउने अभियानका साथ काम गरिरहेको भन्दै स्वस्थ जीवनशैली र खानपानका विषयमा सचेतना जगाउनुपर्नेमा उनको जोड थियो ।

    मन्त्री ढकालले क्यान्सर रोगले सबैलाई दुःख दिइरहेको भन्दै वार्षिक रूपमा विश्वमा ९६ लाख मानिस र नेपालमा मात्रै वार्षिक २६ हजार जनाले विभिन्न प्रकारका क्यान्सरका कारण मृत्युवरण गरिरहेको जानकारी दिए ।

    क्यान्सरबाट मृत्युहुनेमध्ये १० प्रतिशत नागरिक नेपाल जस्तै देशका रहेको बताउँदै उनले क्यान्सरबाट मृत्यु हुनुको कारण खोजेर निदानका लागि काम गर्नुपर्ने बताए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन १८ २०७७१२:०२:२१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend