काठमाडाैं- सरोकारवाला निकायहरुको लापरवाही पनका कारण नेपालमा कोरोना भाइरसको संक्रमण निकै बढेको छ । सरकार आफैभित्र विवादमा रहेका बेला स्वास्थ्य मन्त्रालयले समेत उल्लेख्य कदम चाल्न नसकेपछि कोरोना भाइरसको माहामारी नेपालमा बढ्दै गएको हो ।
पछिल्ला दिनहरुमा दैनिक औशतमा १० जनाको मृत्यु भइरकेको छ, भने एक हजारको हाराहारीमा नयाँ संक्रमित भेटिइरहेका छन् । गम्भिर अवस्थाका बिरामीको संख्या बढ्दै गएको छ ।
अहिलेसम्म ३४ हजार संक्रमित पुगिसकेका छन् । बुधबार मात्रै ११ जनाको कोरोनाबाट मृत्यु भयो । बिहीबार बिहान ११ बजेसम्म आठजनाको मृत्यु भइसकेको छ ।
पाटन अस्पतालमा एक, किस्ट अस्पतालमा एक, पर्साको नारायणी अस्पतालमा तीन, रुपन्देहीको बुटवलमा एक र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक गरी आठजनाको ज्यान गइसकेको छ ।
दक्षिण एसियामा नेपालमा निको हुने दर कम छ भने वृद्धवृद्धाको मृत्युदर विश्वमै बढी रहेको छ । यसबाट नेपाल कोरोना भाइरसको नियन्त्रणमा असफल भएको देखिएको छ ।
मूख्यरुपमा त वर्तमान स्वास्थ्यमन्त्री भानुभक्त ढकालको नेतृत्व पूरै असफल देखिएको छ । कोरोना नेपालमा आउँदैन, आए पनि नेपालीलाई कोरोनाले छुँदैन, नेपालीको प्रतिरोधी क्षमता बढी छ, बेसार पानी खाऔं भनेरै अहिलेको स्वास्थ्य मन्त्रालय नेतृत्व मस्त रह्यो ।
उसो त सुरुदेखि नै माहामारीका रुपमा फैलिएको कोरोना रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिदमै भ्रष्टाचार भएपछि मन्त्री ढकालको स्तर देखिएको थियो । झन कोरोना समुदायस्तरमा कोरोना फैलिएपछि मन्त्री ढकालको कार्यशैलीमाथि नै प्रश्न उठेको छ ।
विशेष गरी दीर्घरोगी तथा वृद्धवृद्धाहरुको मृत्युदर अन्य मुलुकको तुलनामा नेपालमा बढी देखिएको छ । नेपालमा बुधबार दिउँसोसम्म लगभग साढे ३४ हजारमा संक्रमण पुष्टि हुँदा १ सय ७५ जनाको ज्यान गइसकेको छ । मंगलबारसम्मको तथ्यांक केलाउँदा १ सय ६४ मृतकमध्ये ७२ जना ६० वर्ष उमेर कटेकाहरु छन् ।
कुल मृतकको ४३ प्रतिशतभन्दा बढी हो । जबकि, संक्रमणदर अन्य उमेर समूहको तुलनामा वृद्धवृद्धामा कम छ । ३४ हजार बिरामीमध्ये ६० वर्ष कटेका जम्मा १२ सय ४४ छन् । यसमा पनि ६० देखि ७० वर्षका ८ सय ९ जना, ७० देखि ८० उमेरका ३ सय ४७ र ८० वर्ष कटेका ८८ जना छन् । बिरामीको तुलनामा ६० वर्षमाथिकाको मृत्युदर झण्डै ६ प्रतिशत छ । जबकि, कुल संक्रमितको तुलनामा मृत्युदर १ प्रतिशतभन्दा कम छ ।
यसरी तथ्यगत रुपमा डाटाहरु केलाउने हो भने नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या निकै नै बढ्ने संकेत देखिएको छ । उसो त पहिलेदेखि नै स्वास्थ्य समस्या भोग्दै आएका नेपालीहरुका लागि कोरोना भाइरसको संक्रमणपछि अत्यावश्यक भ्यान्टिलेटर र आईसीयुको संख्या निकै नै कम छ । यसले अब स्वास्थ्यमन्त्रीको कार्यशैली र क्षमतामाथि नै शंका उत्पन भएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।