बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

महाकवि देवकोटाको शालिक अनावरण

महाकवि देवकोटाको शालिक अनावरण

  • मिडिया डबली
  • शनिवार, कार्तिक २९ २०७७

  • 4.3K
    SHARES

  • महाकवि देवकोटाको शालिक अनावरण

    महाकवि लक्ष्मीप्रसाद देवकोटाको पुनः निर्माण गरिएको शालिकको अनावरण गरिएको छ । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुली र प्राज्ञ दिवस पोखरेलले विराटनगर–८ देवकोटा चोकमा।

    देवकोटाको ११२ औँ जन्मजयन्तीको उपलक्ष्यमा पुुनः निर्मित शालिकको आज संयुक्त रुपमा अनवरण गरे । महानगरपालिकाको रु १९ लाखको लागतमा शालिक निर्माण गरिएको छ भने त्यसको वरिपरि स्ट्रिट लाईट राखिएको छ । 

    प्रमुख पराजुुलीले प्रजातन्त्र पुनःस्थापनापछि विराटनगरबाट प्रधानमन्त्री हनुभएका सबैको शालिक नगर क्षेत्रमा निर्माण गरिने जानकारी दिए । उनले प्रजातन्त्र स्थापनाका लागि देवकोटा पुस्तकालयको महत्वपूर्ण योगदान रहेको स्मरण गर्दै पुस्तकालय सुचारु रुपमा सञ्चालनको लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य प्राज्ञ विवश पोखरेल, विराटनगर महानगरपालिकाका उपप्रमुुख इन्दिरा कार्कीले महाकवि देवकोटाले साहित्यक्षेत्रमा पुु¥याएको योगदानको चर्चा गरे । 

     देवकोटा चोकमा विस २०४२ मा महाकवी देवकोटाको शालिक स्थापना गरेपछि सो चोकको नाम देवकोटा चोक रहन गएको हो । पुुस्तकालयका अध्यक्ष सुुवोध निरौला, निर्माण उपभोक्ता समितिका अध्यक्ष वसन्तराज अर्याल  र नारायणवावुु कार्की लगायतले  देवकोटाको जीवनी र पुस्तकालयले  अहिलेसम्म गरेको कामका बारेमा जानकारी दिए । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend