बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

नेपालका मुस्लिम समुदायले गरे चिनियाँ दमनविरूद्द प्रदर्शन

नेपालका मुस्लिम समुदायले गरे चिनियाँ दमनविरूद्द प्रदर्शन

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २७ २०७७

  • 4.6K
    SHARES

  • नेपालका मुस्लिम समुदायले  गरे चिनियाँ दमनविरूद्द प्रदर्शन

    काठमाडौँ- नेपालका मुस्लिम समुदायले चिनियाँ दमनविरूद्द प्रदर्शन गरेका छन् । उइगुर मुस्लिम समुदायमाथि चीनमा भइरहेको दमन, शोषण अन्त्य गर्न माग गर्दै मुस्लिम समुदायले विरोध प्रदर्शन गरेका छन् ।

    प्रदर्शनमा सहभागिहरुले काठमाडौंको पुरानो बसपार्कबाट पद्मकन्या क्याम्पससम्म विरोध -याली गरेका थिए । जमीअत उलमाए नेपालले उइगुर समुदायमाथि चीनमा भइरहेको अत्याचार बन्द माग गर्दै प्रदर्शन गरेको हो ।

    उइगुर समुदायमाथि दमन गरेर जघन्य अपराध गरिरहेको चीनले मुस्लिम समुदायको संस्कृतिमाथि नै प्रतिवन्ध लगाउने काम गरेको जमीअत उलमाए नेपालका सल्लाहकार युनुस हमरले बताए ।

    मुस्लिम समुदायका व्यक्तिहरुपनि शान्तिका पक्षरहेको उल्लेख गर्दै उनले अन्य धर्मका मानिसहरुजस्तै स्वतन्त्र रुपले बाँच्न पाउने अधिकारको ग्यारेण्टी गर्नुपर्ने माग गरे ।

    प्रदर्शनमा सहभागिहरुले ‘चीनमा उइगुर मुस्लिममाथिको अत्याचार बन्द गर’, उइगुर मुस्लिमलाई स्वतन्त्रता देउ’, उइगुर मस्लिमको मानवअधिकार बहाली’ गर जस्ता नारा लगाएका थिए । बिहीबार नै उनीहरुले नेपालस्थित चिनियाँ दूतावास अगाडी धर्ना समेत दिएका छन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, भाद्र २० २०७७०५:४१:५८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend