काठमाडौं- सर्वाेच्चको आदेशविपरित कोरोना भाइरसको परीक्षण र उपचारका लागि शुल्क तिर्न बाध्यपारेको लामो समयपछि सरकारले फेरि निशुल्क परीक्षण र उपचार गर्ने घोषणा गरेको छ ।
सर्वाेच्चको दोस्रो आदेश एवं विरोध र जनदबाबपछि नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले फेरि कोरोना भाइरसको उपचार र परीक्षण निशुल्क गर्ने निर्णय गरेको छ ।
यसरी जनदबाब र सर्वाेच्चको आदेशपछि बल्ल चेत खुलेको सरकारका स्वास्थ्य मन्त्री भानुभक्त ढकालले पनि बल्ल आएर निःशुल्क परीक्षण र उपचार सरकारको दायित्व रहेको बताएका छन् ।
मन्त्रिपरिषद् बैठक सोमबारेको बैठकले राज्यको जिम्मेवारी बहान गरी पुनः सरकारी अस्पताल र प्रयोगशालामा कोरोना भाइरस (कोभिड–१९)को परीक्षण र उपचार निःशुल्क गराउने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले आज रासससाग कुरा गर्दै सरकारले विगतमा पनि निःशुल् गर्दै आएको र स्वास्थ्यसेवा विस्तार गरेको जनाउँदै जनतालाई सेवा दिन सरकार पछि नपर्ने स्पष्ट पारे ।
खर्च धान्न नसक्ने भएको जनाउँदै तिर्न सक्ने नागरिकसँग शुल्क लिने र विपन्नसँग शुल्क नलिने निर्णय भएकामा सर्वोच्च अदालतको आदेश र नागरिक क्षेत्रको सुझावपछि सरकारले नयाँ निर्णय गरेको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।