आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनपी साउँदसामु नराम्ररी पछारिए रमेश लेखक ! पालिका चुनावमा भयंकर झड्का

एनपी साउँदसामु नराम्ररी पछारिए रमेश लेखक ! पालिका चुनावमा भयंकर झड्का

  • मिडिया डबली
  • आइतवार, आश्विन १० २०७८

  • 20.0K
    SHARES

  • एनपी साउँदसामु नराम्ररी पछारिए रमेश लेखक ! पालिका चुनावमा भयंकर झड्का

    काठमाडौं - कञ्‍चनपुरमा नेपाली कांग्रेसका नेता एनपी साउदले अर्का नेता रमेश लेखकलाई कडा झट्का दिएका छन्। कांग्रेसको १४औं महाधिवेशन भदौ ९ गते सम्पन्‍न पालिका अधिवेशनमा लेखकलाई साउद निकट उम्मेदवारहरुले कडा झट्का दिएका हुन्। 

    कञ्‍चनपुरका ९ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा साउद निकट नेताहरु सभापतिमा निर्वाचित भएका छन्। साउदले संस्थापन इतर समूहका संविधानसभा सदस्य दिवान विष्टसँग मिलेर पालिका तहमा उम्मेदवार चयन गरेका थिए। साउद र विष्ट मिल्दा पालिका अधिवेशनमा लेखक कमजोर देखिएका हुन्।
     
    साउदको समूहका दानसिंह ऐर शुक्लाफाँटा नगरपलिकाको नगरसभापतिमा सर्वसम्मत चयन भएका छन्। यस्तै कुष्णपुर नगरपालिकामा विष्णु खड्का सर्वसम्मत सभापति चयन भएका छन्।

    लालझाडी गाँउपालिकामा श्रीकृष्ण राना विजयी भएका छन्। उनले राजेश रानालाई पराजित गरेका हुन्। श्रीकृष्णले ६३ मत पाउँदा राजेशले २६ मत ल्याएका थिए। पुर्नवास नगरपालिकाको सभापतिमा साउद पक्षका शुकबहादुर तामाङ निर्वाचित भएका छन्। उनले दिलबहादुर बोहोरालाई पराजित गरेका हुन्। 

    बेलौरी नगरपालिकामा पेपुराम चौधरी विजयी भएका छन्। उनले लेखक समूहका विक्रम चन्दलाई पराजित गरेका हुन्। चौधरीले ९० मत प्राप्त गर्दा चन्दले ८० मत ल्याएका थिए। बेलडाँडी गाँउपालिको सभापतिमा गजबहादुर विष्ट विजयी भएका छन्। उनले नातामा हजुरबुवा पर्ने पृतबहादुर विष्टलाई हराएका थिए। गजबहादुरले ४५ मत ल्याउँदा पृतबहादुरले ३७ मत ल्याएका थिए।
     
    लेखक पक्षले महाकाली नगरपालिका, भीमदत्त नगरपालिका र बेदकोट नगरपालिकामा जित निकालेको छ। महाकाली नगरपालिकामा राजेन्द्र मल्ल निर्वाचित भए। यस्तै भीमदत्त नगरपालिकामा आशिष खत्रीलाई पराजित गर्दै अच्युतराज कलौनी निर्वाचित भए। कलौनीले २५० मत ल्याएर विजयी हुँदा खत्रीले १२७ मत प्राप्त गरेका थिए। यस्तै बेदकोट नगरपालिकामा तुलाराम साहु सभापतिमा निर्वाचित भएका छन्।

    यसअघि नेता लेखकका स्वकीय सचिव जनक भट्ट समर्थक र प्रस्तावक नपाएर क्षेत्रीय प्रतिनिधि नै भएका थिएनन् ।

    जिल्लाको राजनीतिमा साउदसँग संविधानसभा सदस्यद्वय दिवान विष्ट र बहादुरसिंह थापा रहेका छन् भने लेखक जिल्लामा एक्लिएका छन्। पार्टीको जिल्ला अधिवेशनमा साउद समूहबाट संविधानसभा सदस्य बहादुरसिंह थापाले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् भने लेखक समूहबाट वर्तमान जिल्ला सभापति हरि बोहरा दोहोरिने भएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, बैशाख २७ २०७७०३:१६:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend