काठमाडौ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेबीच भेटवार्ता भएको छ ।
नेपालसँगको सम्बन्ध सुधारका लागि भारतले सेनापतिमार्फत सन्देश पठाएको अनुमान गरिएको छ । सम्बन्ध चिसिएको बेला सैन्य कुटनीति प्रयोग र परिचालन गरेर सम्बन्ध सुधारका लागि पहल गर्ने पहिलेदेखिको प्रचलन हो।
भेटमा दुई देशको सैन्य सम्बन्धका बारेमा छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। प्रधानमन्त्री ओली रक्षामन्त्री पनि हुन्। उनले रक्षामन्त्री ईश्वर पोखरेललाई हटाएर आफै रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
भारतीय सेनाध्यक्ष नरवणेलाई बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरिएको थियो। उनले बिहीबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटवार्ता गरेका थिए। तीन दिने औपचारिक भ्रमणमा आएका नरवणेले आज प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरेका हुन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।