आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नेपाल विरोधी अभिव्यक्ति दिने भारतीय सेना प्रमुख आज नेपाल आउँदै, यस्तो भ्रमण तालिका!

नेपाल विरोधी अभिव्यक्ति दिने भारतीय सेना प्रमुख आज नेपाल आउँदै, यस्तो भ्रमण तालिका!

  • मिडिया डबली
  • बुधवार, कार्तिक १९ २०७७

  • 6.7K
    SHARES

  • नेपाल विरोधी अभिव्यक्ति दिने भारतीय सेना प्रमुख आज नेपाल आउँदै, यस्तो भ्रमण तालिका!

     काठमाडौं - भारतीय स्थल सेनाका प्रमुख मनोजमुकुन्द नरवणे तीनदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतका सेनाअध्यक्ष नरवणे चारसदस्यीय प्रतिनिधिमण्डलसहित नेपाल आउन लागेका हुन्। उनलाई नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मासहितको शैन्य अधिकारीहरुको टोलीले त्रिभुवन विमानस्थलमा स्वागत गर्ने कार्यक्रम तय भएको छ।

    नरवणेको भ्रमणको सुरक्षाका लागि आवश्यक कामका लागि मंगलबार नेपालका चारवटै सुरक्षा निकायबीच छलफल भएको थियो। बुधबार नरवणेको कुनै औपचारिक कार्यक्रम नरहेपनि उनी सोल्टी होटलमा पुगेर त्यहीँबाट पशुपति दर्शनका लागि जानेछन्। बिहीबार उनले टुँडिखेलमा रहेको वीर स्मारकमा पुष्पगुच्छा अर्पण गरी वीरहरुप्रति सम्मान प्रकट गर्नेछन्। त्यहीँबाट जंगी अड्डा पुगेर निरीक्षणण गर्नेछन्।

    जंगीअड्डाबाट नेपाली सेनाका प्रधानसेनापछि पूर्णचन्द्र थापासँग दुई पक्षिय हित तथा पारस्परिक सम्बन्धको विषयमा छलफल गर्ने कार्यक्रम तय भएको छ। प्रधानसेनापतिसँग छलफल सकेपछि नरवणेले नेपाली सेनाका अन्य उच्च अधिकारीहरुसँग केहीबेर भेटघाट गर्नेछन्। उक्त भेटघाट पछि नरवणेले भारतीय सेनाको तर्फबाट नेपाली सेनालाई चार वटा एम्बुलेन्स र स्वास्थ्य सामाग्री सहयोग हस्तान्तरण गर्नेछन्। बिहानको कार्यक्रमहरु सकेर उनी सिधै नेपालस्थित भारतीय दूतावासमा केही भेटघाटको कार्यक्रममा व्यस्त हुनेछन्।

    बिहीबार दिउँसो ४ बजे राष्ट्रपति विद्यादेवी भण्डारीबाट भारतीय सेनाप्रमुख नरवणेले नेपाली सेनाको मानार्थ महारथीको दज्र्यानी चिन्ह ग्रहण गर्ने कार्यक्रम तय भएको छ। उनी यही कार्यक्रमको लागि नेपाल भ्रमणमा आउन लागेका हुन्। उनले राष्ट्रपति भण्डारीसँग भने राष्ट्रपति कार्यालय शितल निवासमै शिष्टाचार भेट गर्नेछन्। शितलनिवासको कार्यक्रम सकेर नरवणेको सम्मानमा प्रधानसेनापति थापाले जंगी अड्डामा रात्रिभोजको आयोजना गर्नेछन्।

    शुक्रबार बिहान भने नरवणेले आमीकमाण्ड तथा स्टाफ कलेज शिवपुरीमा रहेका प्रशिक्षार्थीमाझ सम्बोधनको कार्यक्रम छ। शिवपुरीबाट सिधै उनी दूतावास पुग्नेछन्। उनले बाँकी भेटघाट दूतावासमै गर्नेछन्। ्शुक्रबार दिउँसो रक्षामन्त्रीसमेत रहेको प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्नेछन्। नरवणे शुक्रबार नै भारत फर्कनेछन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०२:४५:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend