आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ?

महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ?

  • मिडिया डबली
  • शनिवार, कार्तिक १५ २०७७

  • 5.3K
    SHARES

  • महामारीको समयमा किन आउँदैछन् भारतीय सेना प्रमुख नेपाल ?

    काठमाडौं - सन् २०१९ को डिसेम्बर अन्तिममा सुरु भएको कोरोना महामारीले प्रभावित भारतले नेपाललाई महामारीविरुद्ध लड्‍न  सहयोग प्रदान गर्दैआएको छ । 

    महामारीका लागि भारत सरकारले पटक-पटक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । भारतीय सेनाले पनि नेपाली सेनालाई कोभिड-१९ विरुद्ध लड्‌नका लागि स्वास्थ्य उपकरण प्रदान गरेको थियो । 

    यहीबीच भारतीय सेना प्रमुख नोभेम्बर ४ देखि ६ सम्म तीन दिन नेपाल भ्रमणमा आउने भएका छन् । नेपाल प्रधानसेनापति पूर्णचन्द्र थापाको निमन्त्रणामा भारतीय स्थल सेनाप्रमुख मनोज मुकुन्द नरवणे नेपाल भ्रमणमा आउने भएका हुन् । 

    उनी यसअघि नै नेपाल भ्रमणमा आउने तय भए पनि लकडाउनका कारण उक्त भ्रमण स्थगित भएको थियो । भारतीय सेनाध्यक्षलाई राष्ट्रपति विद्यादेवी भण्डारीले मानार्थ सेनाप्रमुखको उपाधि प्रदान गर्ने छन् । 

    नेपाल-भारत दुबै मुलुकका सेना प्रमुखलाई एक-अर्काको मुलुकको मानार्थ सेना प्रमुखको उपाधि दिने प्रचलन रहेको छ । नेपालका प्रधानसेनापति थापाले यसअघि नै भारतको मानार्थ सेनाप्रमुखको उपाधि प्राप्त गरिसकेका छन् ।  

    नेपाल-भारत सीमा समस्याले गर्दा दुबै मुलुकको सम्बन्धमा दरार पैदा भएको भन्दै प्रचार गरिएका बेला भारतीय सेना प्रमुखको नेपाल भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतकारुपमा रअ प्रमुख सामन्त गोयलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका थिए । 

    भारतीय सेना प्रमुख नरवणेको नेपाल भ्रमणले दुबै मुलुकको सम्बन्धमा थप सुधार हुने अपेक्षा गरिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०२:४५:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend