काठमाडौं - भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
तीन दिने भ्रमणका लागि नेपाल आएपुगेका सेनाध्यक्ष नरवणेलाई नेपाली सेनाका रथी प्रभुराम शर्माले स्वागत गरेका हुन् । उनले नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।
बिहीबार राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरिने भएको छ । भारतीय स्थल सेनाध्यक्ष नरवणे शुक्रबार भारत फर्किने भएका छन् ।
भारतीय सेनाध्यक्ष नरवणेको भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ । नेपाल-भारत सीमा विवाद बल्झिरहेका समयमा भारतीय सेना प्रमुखको भ्रमणलाई सकारात्मक रुपमा प्रयोग गरिने अपेक्षा गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।