आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतीय सेनाप्रमुखलाई राष्ट्रपति भण्डारीद्वारा नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान

भारतीय सेनाप्रमुखलाई राष्ट्रपति भण्डारीद्वारा नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान

  • मिडिया डबली
  • बिहिवार, कार्तिक २० २०७७

  • 4.2K
    SHARES

  • भारतीय सेनाप्रमुखलाई राष्ट्रपति भण्डारीद्वारा नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान

    काठमाडौं- भारतीय स्थल सेना प्रमुख मनोजमुकुन्द नरवणेलाई राष्ट्रपति भण्डारीले विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी पदवी प्रदान गरेकी छन्। 

    राष्ट्रपतिको कार्यालय शितल निवासमा बिहीबार आयोजित एक कार्यक्रमका बीच राष्ट्रपति भण्डारीले भारतीय सेनाध्यक्ष नरणवेणलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी हुन्। 

    समारोहमा नरवणेलाई खड्ग तथा सनद–पत्र प्रदान गरिएको थियो। सो कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा र दुवै देशका वरिष्ठ अधिकारी सहभागी थिए। 

    विगत सात दशकदेखि दुवै देशका सेनाबीच एक अर्काको सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रही आएकोमा सेनाध्यक्ष नरवणेलाई सो सम्मान प्रदान गरिएको हो।

    प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा तीन दिने नेपाल भ्रमणमा आएका  भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरवणे जङ्गी अड्डामा आयोजित विभिन्न कार्यक्रममा पनि सहभागी भएका छन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, कार्तिक २१ २०७७०२:४५:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend