बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

नेकपा सरकारका मन्त्री भन्छन्- 'कञ्चनपुरमा बन्दरगाह'

नेकपा सरकारका मन्त्री भन्छन्- 'कञ्चनपुरमा बन्दरगाह'

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक १४ २०७७

  • 4.5K
    SHARES

  • नेकपा सरकारका मन्त्री भन्छन्- 'कञ्चनपुरमा बन्दरगाह'

    काठमाडौं- उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सुदूरपश्चिम प्रदेशको कञ्चनपुमा सुक्खा बन्दरगाह निर्माणको प्रक्रिया चाँडै अगाडि बढाइने बताएका छन्।

    शुक्रबार गोदावरी नगरपालिका–१ स्थित निवासमा प्रेस संगठन नेपालसँग आवद्ध पत्रकारसँगको कुराकानीमा उनले सरकारले प्राथमिकताका साथ बन्दरगाह निर्माणको कामलाई चाँडै अगाडि बढाउने बताएका हुन्।

    सुक्खा बन्दगाहका लागि मन्त्रालयको प्राविधिक टोलीले यही कात्तिक १६ गतेदेखि काम शुरु गर्ने जनाउँदै उनले दैजीमा औद्योगिक क्षेत्र शिलान्यासको तयारी भइरहेको बताए।

    मन्त्री भट्टले कैलालीको हरैयामा बिषेश आर्थिक क्षेत्र, गोदावरी नदीको पश्चिम क्षेत्रमा औद्योगिक करिडोर र लम्की चुहा नगरपालिकाको डुडेझारीमा औद्योगिक क्षेत्र निर्माणको तयारीका लागि पनि अध्ययन शुरु गरिएको जानकारी दिए।

    बैतडीमा फलाम खानी, दिपायल–खुटिया मार्ग, कैलालीको चौकीडाँडा–फल्टुडे पक्की सडक निर्माणको कार्य अघि बढाइने उनको भनाइ छ। मन्त्री भट्टले गेटा मेडिकल कलेजलाई सुदुरपश्चिमको पहिलो मेडिकल विश्वविद्यालयका रुपमा विकास गरिनुपर्ने पनि बताए। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend