काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १०१ जना कोरोना संक्रमित थपिएका छन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८२३, ललितपुरमा १७६ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।
यसैगरी देशभर २ हजार २ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै देशभर कुल संक्रमित हुनेको संख्या १ लाख ५५ हजार २ सय ३३ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट २ हजार ८ सय ४६ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर निको हुनेको संख्या १ लाख ८ हजार ३ सय ३४ पुगेको छ र
त्यस्तै पछिल्लो २४ घण्टामा देशभरबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै मृतक संख्या ८ सय ४२ पुगेको छ । हाल सक्रिय संक्रयिमत संख्या ४६ हजार ५७ पुगेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।