आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

जनतालाई विपत्तीमा पारेर चिनियाँ ठेकेदारले पत्रकारसमेत कुटे, माहासंघ र प्रेस युनियनद्वारा गम्भीर ध्यानाकर्षण

जनतालाई विपत्तीमा पारेर चिनियाँ ठेकेदारले पत्रकारसमेत कुटे, माहासंघ र प्रेस युनियनद्वारा गम्भीर ध्यानाकर्षण

  • मिडिया डबली
  • शुक्रवार, आश्विन ३० २०७७

  • 6.6K
    SHARES

  • जनतालाई विपत्तीमा पारेर चिनियाँ ठेकेदारले पत्रकारसमेत कुटे, माहासंघ र प्रेस युनियनद्वारा गम्भीर ध्यानाकर्षण

    काठमाडौं- सिन्धुपाल्चोकको निमार्णाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनामा समाचार संकलन गर्न गएका पत्रकारमाथि गम्भीर हातपात भएको छ । चिनियाँ नागरिकले ठेक्का पाएको जलविद्युत आयोजनले थुप्रै स्थानीयलाई विस्थापित गरेको थियो ।

    ठेकेदारबाट परिचालित तरिकाले विस्थापित नागरिकको उचित व्यवस्था समेत नभएको स्थानीयको गुनासो छ । यसरी स्थानीयलाई नै संकटमा पारेका बेला उनीहरुको आवाज बाहिर ल्याउँन गएका पत्रकारहरुमाथि समेत ठेकेदारबाटै परिचालित ढंगले आकमण एवं हातपात भएको छ ।

    असोज २७ गते सामाचार संकलन गर्न गएका गोरखापत्रका सम्वाददाता चित्र मिजार, कान्तिपुर दैनिकका सम्वाददाता अनिश तिवारी र एपीवान टीभीका पत्रकार निरोज चौलागाईमाथि २०७७ असोज २७ गते आयोजनाका कर्मचारीहरुले हातपात गरेका हुन् ।

    यति मात्रै हैन्, उनीहरुले काठमाडौं त्यति टाढाँ समाचार संकलनका लागि गएका पत्रकारहरुको सवारी साधन समेत तोडफोडको प्रयास गरेका थिए ।

    यसरी, 'अराजक समुहले पत्रकारमाथि गरेको निन्दनीय आक्रमणको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।'

    भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टी सिल्डुङस्थित निर्माणाधीन माथिल्लो चाकु ‘ए’ जलविद्युत आयोजनाबाट विस्थापित भएका स्थानीयसँग कुराकानी गरिरहेको अवस्थामा सो समुहले पत्रकारमाथि आक्रमण गरेको थियो ।

    यसविषयमा नेपाल प्रेस युनियनले समेत गम्भीर ध्यानाकर्षण भएको बताएको छ । महासंघका महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तीमा, 'नागरिकलाई सुसूचित गर्ने कर्म निर्वाहमा जुटेका पत्रकारमाथि गरिएको यो हर्कतले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै नागरिकको सुसूचित हुने अधिकारमाथिसमेत आघात पुगेको' उल्लेख छ ।

    त्यस्तै प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटीद्वारा जारी विज्ञप्तीमा अराजक समुहले पत्रकारहरुलाई हातपात गर्दै उनीहरु चढेको गाडीसमेत तोडफोड गर्न खोजेको घटनाले मौलाउँदो दण्डहिनतालाई देखाएको छ, जुन सभ्य समाजमा स्विकार्न नसकिने उल्लेख गरेको छ ।

    महासंघले यसरी पत्रकार 'महासंघ प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई आघात पुर्याउने यस्ता घटनाको कडा भर्त्सना गर्दै घटनामा संलग्नहरुको पहिचान गरी कानुनी दायरामा ल्याउन माग' गरेको छ ।

    प्रेस युनियनले समेत 'यस्ता असामाजिक तत्व तथा तिनलाई परिचालित गर्नेहरुलाई तत्काल आवश्यक कारवाही गर्दै स्वतन्त्र र भयरहित रुपमा समाचार संकलन तथा सम्प्रेषण गर्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग माग' गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन ७ २०७७०८:५२:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend