आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनले नेपाली भूमि अतिक्रमण गरेपछि लुम्बिनी नागरिक समाजको विरोध

चीनले नेपाली भूमि अतिक्रमण गरेपछि लुम्बिनी नागरिक समाजको विरोध

  • मिडिया डबली
  • मंगलवार, आश्विन ६ २०७७

  • 17.9K
    SHARES

  • चीनले नेपाली भूमि अतिक्रमण गरेपछि लुम्बिनी नागरिक समाजको विरोध

     काठमाडौं । नेपाली भुमी अतिक्रमण गरी चीनले भवन निर्माण गरेको पाइएपछि लुम्बिनी नागरिक समाजले आपत्ति जनाएको छ। समाजले चिनियाँ हस्तक्षेपको न्दिा गर्दै नेपालमा चीनको दादागिरी चल्दैन भन्दै नारा लगाएको हो।

    समाजका कार्यकर्ताहरूले नेपालको भूमि फिर्ता गर, चिनियाँ बिस्तारवाद मुर्दाबाद, बुद्दिष्ट र मुस्लिममाथि अत्याचार बन्द गर भन्दै चीनविरूद्द नारा लगाएका थिए। समाजका एक कार्यकर्ताले भने, ‘हुम्लामा चिनियाँहरुले नेपालको भुमिमा भवनहरु बनाएको छ।ओलि जी भाडामा दिनु भएको छ या बेच्नु भएको छ एकचोटि चुटकुले भाषा भए पनि नेपाली जनतालाइ बताइिदनु।’

    हुम्लाको नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालीपारीको गाउँ लिमीको लाप्चा क्षेत्रमा चीनले भवन निर्माण गरेको हो।नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा भवन बनाउने कार्य अन्तिम चरणमा पुर्‍याएको छन्।

    नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर लामाले दिएको जानकारी अनुसार भवन बनाउने कार्य तिब्र गतिमा भइरहेको छ। उनले नेपाली भूभागमा चिनियाँ पक्षले एकतर्फी रुपमा नौ वटा व्यापारिक प्रयोजनका भवन बनाएको जानकारी दिए।

    हाल भवन निर्माण भएको स्थानभन्दा केही परको डाँडामा १२ नम्बर सिमा स्तम्भ रहेको छ। त्योसँगै ११ नम्बर सिमा स्तम्भ भने हराएको छ। जो हालसम्म पत्ता लगाउन सकिएको छैन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०८:३१:५४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend